जी.पी कोईराला फाउण्डेशन गठन – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

जी.पी कोईराला फाउण्डेशन गठन

काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता स्व. गिरिजा प्रसाद कोइरालाको नाममा स्थापित ‘जी. पी. कोइराला फाउण्डेशन, डेमोक्र्यासी, पीस एण्ड डिभेपलमेण्ट’ को काठमाडौं जिल्ला समितिलाई पूर्णता दिइएको छ ।

स्व. कोइरालाले नेपालमा प्रजातन्त्र स्थापना, दिगो शान्ति पुनर्वहाली एवं आर्थिक समृद्धि ल्याउन पु¥याउनु भएको योगदानका बारेमा समाजको तल्लो तहसम्म विचार प्रवाह गर्ने, आर्थिक सामाजिक समुन्नतिका कार्यक्रममार्फत जनसेवा गर्ने तथा विभिन्न खालका सचेतनामूलक कार्यक्रम सञ्चालन गरी जनतालाई सुसुचित गर्ने मुख्य उद्देश्य बोकी स्थापित फाउण्डेशनले देशका सबै जिल्लाहरुमा समिति गठन गर्ने क्रममा काठमाडौंमा पनि सो समिति गठन गरेको हो ।

अर्जुन पराजुलीको संयोजकत्वमा गठित जिल्ला समितिमा ः संयोजक–अर्जुन पराजुली, सह–संयोजक–गङ्गाधर गौतम, सचिव–परशुराम अर्याल, कोषाध्यक्ष नर्वदा पोखरेल, सह–सचिव–राम पौडेल, त्यसैगरी सदस्यहरुमाः केदारनाथ तिमिल्सिना, नरेन्द्र वहादुर अधिकारी (दिलिप), माधवराज लामिछाने, गायत्री पुडासैनी, बिमल भित्रकोटी, योगेश खड्गी, लक्ष्मीराम शर्मा, राजेश तण्डुकार रहेका छन् ।

समिति गठनसँगै फाउण्डेशनले काठमाडौं जिल्लाका दश वटै निर्वाचन क्षेत्रमा आफ्नो क्षेत्रीय समिति समेत गठन गर्ने निर्णय गरेको छ । बैठकले विनोद सिलवाललाई क्षेत्र नं. २ को संयोजकको जिम्मेवारी प्रदान गरेको छ । यसैगरी बैठकले सह–सचिव श्रीराम पौडेललाई जिल्ला समितिको प्रवक्ता समेत तोकिएको छ । बैठकमा संविधानसभाका पूर्व सदस्य दिपक प्रसाद कुईंकेल लगायत समाजका अन्य प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७५ माघ २८, ०९: ०८

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७५ माघ २८, ०९: ०८

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७५ माघ २८, ०९: ०८

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...