प्रतिबद्धताबाट पछि हटे देउवा – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

प्रतिबद्धताबाट पछि हटे देउवा

महासमिति बैठकबाट सबै दस्तावेज पारित गर्न जिल्ला सभापतिहरूले अवरोध गर्ने भएपछि सभापति देउवाले जिल्ला सभापतिहरूका मागलाई केन्द्रीय समिति बैठकबाट समावेश गर्दै पास गर्ने आश्वासन दिए । त्यसपछि जिल्ला सभापतिहरू पनि विधान पारित गर्न सहमत भए ।

त्यसपछि पनि देउवाले चियापनका लागि भन्दै बूढानीलकण्डस्थित निवासमा जिल्ला सभापतिहरूलाई बोलाएर माग केन्द्रीय समितिबाट सम्बोधन गर्ने बताएका थिए । तर, महासमिति बैठक सकिएको दुई महिना नपुग्दै सभापति देउवाले भने बोली फेरेका छन् ।

उनले बुधबार बसेको केन्द्रीय समिति बैठकमा आफूले यो विषयमा आश्वासन नदिएको दाबी गरे । देउवाले आफूले कुनै वचन नदिएको दाबी गरे । ‘मैले यो विषयमा केही आश्वासन दिएको छैन, सभापतिलाई उदृत गर्दै स्रोतले भन्यो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफूले जिल्ला सभापतिहरूलाई आश्वासन दिएको भन्दै माग पूरा गर्न तयार रहेको बताए ।

‘मैले वचन दिएको हो’ उनले भने, ‘प्रतिबद्धता गरेको विषय पूरा गर्नै पर्छ । त्यसका लागि म तयार छु ।’ पछिल्लो समय आफू वरिपरिका नेताको दबाबका कारण देउवा आफ्नै प्रतिवद्धताबाट पछि हटिरहेका छन् । केन्द्रीय समितिमा देउवाको बहुमत रहेका कारण सम्भवत् जिल्ला सभापतिहरूसँगको प्रतिवद्धता उलंघन हुने निश्चित छ ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७५ माघ २८, ०९: १०

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७५ माघ २८, ०९: १०

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७५ माघ २८, ०९: १०

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...