शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुनेः निर्वाचन आयोग – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुनेः निर्वाचन आयोग

नयाँ विकल्प,

काठमाडौं- निर्वाचन आयोगले शुक्रबारसम्म देशका ७७ वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्र ढुवानी गर्ने जनाएको छ ।आयोगले आज एक विज्ञिप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाई सम्पन्न भएको छ । वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीहरूलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न आयोगले आदेश दिएको छ ।

साथै, मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश गरेको छ ।

सम्बन्धित समाचार

९ वटा विधेयक संसद्‍मा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय
९ वटा विधेयक संसद्‍मा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय
  • २०७९ बैशाख २२, २१: ४१

काठमाडौं : सरकारले ९ वटा विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढी बजेट स्वीकृत
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढी बजेट स्वीकृत
  • २०७९ बैशाख २२, २१: ४१

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ...

देवानगन्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गर्ने कोशी सरकारको निर्णय
देवानगन्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गर्ने कोशी सरकारको निर्णय
  • २०७९ बैशाख २२, २१: ४१

विराटनगर : कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्जमा भएको घटनाका मृतकका परिवारलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।...