
काठमाडौ । सरकारले ट्राफिक प्रहरीका अधिकृत र जवानको लागि भत्ताको व्यवस्था गरेको छ । विशेषगरी काठमाडौं उपत्यकाका हरेक चोक र गल्लीमा धुवाँधुलो खाँदै सेवा प्रदान गरिरहेका ट्राफिक प्रहरीहरु सरकारको यस्तो प्रस्तावले खुसी हुने भएका छन् ।
सरकारको गतसाताको मन्त्रिपरिषद् बैठकले ट्राफिक प्रहरी जवान र हवल्दारलाई आफूले खाइपाइ आएको तलवमा ४० प्रतिशत, प्रहरी सहयाक निरिक्षक र प्रहरी नायव निरिक्षकलाई २० र प्रहरी निरिक्षक तथा प्रहरी नायव निरिक्षकलाई १० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय भएको छ ।
जवान र हवल्दारले २१ र २३ हजार तलव खाँदै आएका छन् भने प्रहरी सहायक निरिक्षक र प्रहरी नायव निरिक्षकले करिव २७ र ३० हजार तलव खाँदै आएका छन् । प्रहरी निरिक्षकले ३५ हजार र प्रहरी नायव निरिक्षकले ३७ हजार तलव खाँदै आएका छन् । यसअघि ट्राफिक प्रहरीलाई जरिवाना वापत राजश्वमा जम्मा भएको २५ प्रतिशत रकम लिँदै आएका थिए ।
काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...
रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...