काठमाडौं । नेप्से साताको कारोबारको चौथो दिन आज सामान्य अंकले घटेको छ । आज नेप्से ५.९१ अंकले घटेर दुई हजार ५६ दशमलब ८८ विन्दुमा बन्द थामिएको छ । आज नेप्सेमा एक अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंलबार नेप्सेमा ४३ अंकभन्दा बढीको गिरावट भएको छ । मंलबार नेप्सेमा ४५.४२ अंकभन्दा बढीको गिरावट भएको छ । बुधबार दुई अब ८१ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ५६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३०३.३० रुपैयाँ पुगेको छ ।
आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नागरिक लगानी कोषको भएको छ । यसको आज १० करोड ६८ लाख भन्दा बढीको कारोबार भएको छ
नेप्सेले बताएको छ ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...
काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...