
काठमाडैं । प्रहरीले वन्यजन्तु शिकार गर्ने एक जनालाई पक्राउ गरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जाका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले बुधबार गरेको पट्रोलको दौरान श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्तिलाई चित्तलको मासु सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पश्चात अवैध गतिविधिमा अन्य शिकारीहरुको पनि संलग्नता रहेको पाईएकोले प्राप्त जानकारीका आधारमा संयुक्त पट्रोल टोलीले एक स्थानीयवासीको घरमा कर्डन गरी सर्चको कारवाही गर्दा अन्य ७ जनालाई जंगली जनावरको मासु ६३ केजी, भरुवा बन्दुक नाल २, टिका बारुद प्याकेट १, खुँडा १, खुकुरी ४ लगायतका सामग्रीहरु सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ सातै जनालाई आवश्यक कारवाहीको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई बुझाईएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...