काठमाडौं । भक्तपुरमा आज जनैपूर्णिमा मनाइएको छ ।
यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । त्यहाँ आजै जनै लगाउने, रक्षा बन्धन बाँध्ने र क्वाँटी खाएर जनैपूर्णिमा मनाएको छ ।
गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकोले अन्योलता उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो ।
भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही दिन सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन छ ।
तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुरोहित, राजोपाध्याय एवं पुजारीहरु कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ ।
सोहीअनुसार नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने जनाएको थियो ।
भक्तपुरमा आज जनैपूर्णिमा मनाइएको छ भने भोलि शुक्रबार गाईजात्रा मनाइने छ ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...