प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति

काठमाडौं । समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । आज बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

प्रचण्ड र भट्टराईबीच आज बिहान भएको भेटवार्तामा एउटै चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएको हो ।

समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका हुन् । उनीहरु ६ वर्षपछि एउटै पार्टीबाट चुनाब लड्न लागेका हुन् ।

दुई नेताबीच एउटै घोषणा पत्र, साझा समानुपातिक सूची र एउटै चिन्ह लिएर चुनावी मैदानमा उत्रने सहमति भएको छ । यो सहमतिलाई माओवादी केन्द्रको स्थायी समिति बैठकबाट अनुमोदन हुन बाँकी नै छ । यद्यपि, प्रचण्डले यसबारे पार्टीका अधिकांश शीर्ष नेतालाई ब्रिफिङ गरिसकेका छन् ।

अहिले पार्टीको बैठक बस्दै छ । त्यसबाट निर्णय हुन्छ । त्यसपछि फेरि दुई दलको बैठक बस्छ,” समाजवादी पार्टीका एक नेताले बिकल्पसँग भने ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७९ श्रावण २९, १४: ५०

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७९ श्रावण २९, १४: ५०

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७९ श्रावण २९, १४: ५०

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...