काठमाडौं । प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या अपुग भएपछि बैठक स्थगित भएको छ । अर्को बैठक ३१ गते मंगलबार ११ बजे बस्ने छ । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को दफावार छलफल सकिएसँगै अर्थमन्त्री जनार्दन शर्माले बैठकमा उठेका प्रश्नहरुको सन्दर्भमा जवाफ दिएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माको जवाफपछि सभामुखको आसनमा रहेका उपसभामुख पुष्पा भुसालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को सम्बन्धमा अर्थ समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि ११ सम्म उल्लेखित संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिरहँदा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गणना गरेर मात्रै अघि बढ्न अनुरोध गरिन् ।
लगत्तै सभामुखले ३ मिनेटको घण्टी बजाएर गणपूरक संख्या गणना गर्न लगाउँदा एक चौथाइले हुने सदस्य संख्या ६९ जना उपस्थित हुनुपर्नेमा ६७ जना मात्रै सदस्य उपस्थित रहेकाले बैठक १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेको प्रेस संयोजक श्रीधर न्यौपानेले बताए । अर्को बैठक ३१ गते मंगलबार ११ बजे बस्ने उनले जानकारी दिए ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...