काठमाडौं । नेप्से साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से २७.९२ अंकले घटेर दुई हजार १० दशमलब ०१ विन्दुमा थामिएको छ । बिहिबार नेप्से १९.०६ अंकले घटेर दुई हजार ३७ दशमलब ८३ विन्दुमा बन्द भएको थियो ।
शेयरबजार घटेपनि कारोबार रकम भने सामान्य रुपमा बढेको छ । आज नेप्सेमा एक अर्ब ८७ करोड ३२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । बिहीबार नेप्सेमा एक अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो । आज यस कम्पनीको शेयरमूल्य ८.१० प्रतिशतले बढेर प्रतिकित्ता १५४.८० रुपैयाँ पुगेको छ ।
आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्टिलरी कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड ५३ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएको छ ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...