नेपाली कांग्रेसका प्रवक्ता डा.महतद्धारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नेपाली कांग्रेसका प्रवक्ता डा.महतद्धारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले बुधबार र बिहिबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ ।

साउन २४ गते राति परेको भीषण बर्षाले नुवाकोट क्षेत्र नं १ को तादी खोलामा आएको बाढीले दुप्चेश्वर ३ राउतबेशी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्की पुल , पञ्चकन्या २ आप्र र तादि ५ बाहुनवेशी जोड्ने पक्कि पुल, पञ्चकन्या १ को सिमारा फाँट र लिखु ३ सुर्यमति र १ ढिकुरे जोड्ने पक्की पुलहरु क्षतिग्रस्त भएका छन् ।

पञ्चकन्या र तादि जोड्ने पुलको क्षति अवलोकन गरेपछि उहाँले भन्नुभएको छ,’साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट क्षेत्र नं १ मा अकल्पनीय विनास निम्त्याएको छ । पन्चकन्या र तादी गाउँ पालिका जोड्ने आप्र पूल क्षतिग्रस्त भएको छ । सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन सुचारु गर्नुपर्दछ। बाढी पहिरो प्रभावित क्षेत्रकालागि थप बजेट उपलब्ध गराउन म सरकारसंग जोडदार माग गर्दछु ।’

आफ्नो गृह जिल्लाको प्राकृतिक प्रकोप पीडितलाई भेट्न पुग्नुभएका पूर्वमन्त्री डा. महतले सातबिसेर थप्रे जोड्ने तादी खोलाको पुलको निरीक्षण पछि भन्नुभएको छ,’बाढीले सातबिसे र थप्रे जोड्ने तादी खोलामाथिको पुल पनि क्षतिग्रस्त बनाएको छ । आवागमन सहज बनाउन जतिसक्दो छिटो यस्को पुनर्निर्माण गर्नुपर्दछ। यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ ।’

आलो पहिरो नथामिएको र सिमसिम पानी परिरहेको बेलामा बाढी पहिरो प्रभावितसंग प्रत्यक्ष भेट्ने,राहत, क्षतिपूर्ति,पुनस्थापना तथा पुननिर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा डा.महत पुग्नुभएको थियो । उहाँले पहिरोबाट अधिक प्रभावित राउतबेशीको निरीक्षण भ्रमणपछि भन्नुभएको छ,’बाढीपहिरोले दुप्चेश्वर ३ राउतबेशीमा विनासलिला मच्चाएको छ । यो प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरुलाई राहत तथा विपद्बबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाहरुको पुनर्निर्माणको लागि शीघ्र कदम चाल्न नेपाल सरकारसँग माग समेत गर्नुभएको छ ।’

नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाश शरण महतज्यूले बाढीबाट क्षतिग्रस्त तादी खोलामा निर्मित बुद्धभूमि हाइड्रोपावरको पनि निरीक्षण गर्नुभयो । निरीक्षणपछि उहाँले भन्नुभएको छः ‘बाँधस्थल, क्यानल , पावरहाउसमा समेत बाढीले क्षति पुर्याएको छ । अहिले उत्पादन बन्द भएको छ । बाढी पहिरोबाट प्रभावित बिद्धुत आयोजना सुचारु गर्न आवश्यक नीतिगत र अन्य सहयोगको ब्यबस्था गर्न म नेपाल सरकारसंग अनुरोध गर्दछु।’

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकहरुको भेटपछि डा।महतले स्थानीय जनप्रतिनिधिहरुसंग राहत,पुनस्थापना र पुनर्निर्माणको बारमो छलफल पनि गर्नुभएको थियो ।

उहाँले स्थानीय जनप्रतिनिधिहरुलाई पहिले पहिरो र बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण संकलन गर्न, प्रभावितहरुको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनाहरु मध्ये सानातिना र थोरै रकमले हुने मर्मतसंभार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव दिनुभयो । डा.महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र संघीय सरकारसंग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिनुभएको थियो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७९ श्रावण २९, १८: १६

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७९ श्रावण २९, १८: १६

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७९ श्रावण २९, १८: १६

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...