निधिसहित कांग्रेसका २ दर्जन नेता डेनमार्क जाँदै – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

निधिसहित कांग्रेसका २ दर्जन नेता डेनमार्क जाँदै

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसहित दुई दर्जनभन्दा बढी केन्द्रीय तहका नेताको जमघट डेनमार्कमा हुने भएको छ । उपसभापति निधि भने श्रीमती र दुई छोरासहित गत साता सोमबार नै त्यसतर्फ लागेक छन् । महामन्त्री डा. शशांक कोइरालासहित अन्य पदाधिकारी र नेता भने असार पहिलो साता त्यसतर्फ लाग्ने भएका छन् ।

निधि भने डेनमार्कमा २२ जेठमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणमा भाग लिन उपसभापति निधि सोमबार नै डेनमार्कको राजधानी कोपनहेगन लागेका हुन् । केन्द्रीय कार्यालयका अनुसार उपसभापति निधिले २२ जेठमा डेनमार्गमा भएको निर्वाचनको पर्यवेक्षण गरेका छन् ।

उनी डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निम्तोमा कोपनहेगन पुगेको जनाइएको छ । त्यसपछि निधि आगामी ६ देखि ८ असार (२१ देखि २३ जुन) सम्म कोपनहेगनमा आयोजना गरिएको जनसम्पर्क समितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरुको लागि आयोजित प्रशिक्षण कार्यक्रममा भाग लिने छन् ।

कांग्रेसको विदेशस्थित नेपाली जनसम्पर्क समितिले कोपनहेगनमा विदेशस्थित जनसम्पर्क समितिका पदाधिकारी र कांग्रेस महाधिवेशन प्रतिनिधिको लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा केन्द्रीय नेतासहित ३२ जना सहभागी हुने एक केन्द्रीय सदस्यले जनाए ।

युरोपसहित विश्वका ३२ वटै देशमा रहेका जनसम्पर्क समितिका सभापति, पदाधिकारी, महाधिवेशन प्रतिनिधिलाई दिन लागेको प्रशिक्षण कार्यक्रममा नेपालबाट नेता र तिनका आफन्तको लर्र्को लाग्ने भएको हो । कांग्रेसले हाल संचालन गरिरहेको राष्ट्रिय जागरण अभियानमा धेरै नेतालाई आसनग्रहण नगराउने, धेरै वक्ता बनाउने निर्देशन विपरित यतिधेरै नेता विदेश जान लागेका हुन् । नेताहरु डेनमार्ग जाने आउने खर्च र बसोबासको व्यवस्था जनसम्पर्क समितिले बेहोर्ने भएको छ ।

प्रशिक्षण कार्यक्रममा कांग्रेसको विधानको व्यवस्था, महसमितिका राजनीतिक, आर्थिकसहितका प्रस्ताव, विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न सर्र्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गराउन दबाब दिने उदेश्य रहेको छ । प्रशिक्षणका लागि जान लागेका नेताहरूले भिसा आवेदन दिइसकिएको एक नेताले बताए ।

कार्यक्रमको संयोजन डेनमार्कस्थित जनसम्पर्क समितिमा सभापति वीरेन्द्रसिंह कार्कीले गरेको बुझिएको छ । प्रशिक्षणको पहिलो दिन कार्यक्रमको उद्घघाटन, दोस्रो र तेस्रो दिन प्रशिक्षणको कार्यक्रम हुने भएको छ । डेनमार्क जाने नेताहरूको नाम अपारदर्शी ढंगले छनोट गरिएको, पार्टीमा छलफल नभएको र नेताहरूले स्वविवेकमा तय गरेको गुनासो हुन थालेको छ । भेलामा ‘बेल्जियम, अष्ट्रेलिया, क्यानडा, जापानसहित देशका समितिका अध्यक्ष र पदाधिकारीलाई नबोलाइएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने असन्तुष्टी व्यक्त गरेका छन् ।

महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, डा. मिनेन्द्रप्रसाद रिजाल, नविन्द्रराज जोशी, गगन थापा, भीष्मराज आङदम्बे, दीपक गिरी, धनराज गुरुङ, अर्जुनप्रसाद जोशी, गोविन्द्र भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, कांग्रेस सभापति देउवा पत्नी डा. आरजु राणा, भक्तपुर कांग्रेस सभापति दुर्लभ थापा, प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, प्रतिष्ठानका सदस्यहरु राजु नेपाल, कान्ता रिजाल, नानुमैंया बास्तोला, प्रतिमा गौतम, केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मा र मुक्ति आचार्य रहेका छन् । सबै नेताहरु असार पहिलो साता दुइ वा तीन वटा टोली बनाएर जाने छन् ।

उपसभापति निधि पार्टीको राष्ट्रिय जागरण अभियानलाई पूर्णता नदिइ स परिवार विदेश लागेका छन् । डा. रिजाल, थापा लगायतका सांसदलाई बजेटमाथिको छलफलमा सक्रिय भाग लिनु पर्नेमा विदेश गएपछि उनीहरुको पनि आलोचना हुने निश्चित छ । अनुशासन समितिका अध्यक्ष आङदम्बे अनुशासन उलंघनका उजुरीको वारेमा छलफल र अध्ययन गर्न छाडेर विदेश जाने भएपछि उनको पनि आलोचना भएको छ ।

जिल्ला सभापतिको भेलाले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै महासमिति भेलामा सभापति देउवालाई दबाबा दिने नेतृत्ग गरेका दुर्लभ थापाले केन्द्रीय कार्य समितिले त्यस्तो निर्णय उल्टाई दिए पनि सभपाति देउवाको बिरोध नगरेकोले उनलाई खुसी बनाउन एक मात्र जिल्ला सभापतिको हैसियतमा थापाले डेनमार्गको भ्रमणको अवसर पाएका हुन् ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७६ जेष्ठ २७, ०८: ४८

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७६ जेष्ठ २७, ०८: ४८

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७६ जेष्ठ २७, ०८: ४८

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...