मिडिया काउन्सिल विधेयकको विरोधमा मानव साङ्लो – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

मिडिया काउन्सिल विधेयकको विरोधमा मानव साङ्लो

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी तथा संविधानको मर्म विपरित भएको हुँदा फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेको नेपाल पत्रकार महासंघले शनिबार काठमाडौंको बबरमहलमा मानव साङ्लो जुलुस बनाएर एक घण्टा प्रदर्शन ग¥यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको आन्दोलन कुनै राजनीतिक दलको विरोधमा र कसैको पक्षमा नभएको भन्दै त्यो प्रेस स्वतन्त्रताको पक्षमा र नागरिकको सुचना पाउने अधिकार स्थापित गर्नका लागि गरेको बताए ।

सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने ठहर गर्दै त्यसलाई सच्याउन ध्यानाकर्षण गर्ने तथा विभिन्न ढंगबाट दवावका कार्यक्रम गर्दा सम्बन्धीत राजनीतिक दल तथा सरकारले सुनुवाइ नगरेपछि महासंघ आगामी दिनमा आन्दोलनका थप कार्यक्रम ल्याउन बाध्य हुने अध्यक्ष आचार्यले बताए ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यमका सम्पादकहरुले महासंघको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दै प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाई आग्रह समेत गरे भने ठुला मिडियाका सम्पादकहरुले महासंघले गरेको आन्दोलन उचाइमा पुगेकोले यसलाई देशव्यापी बनाउँदै सरकारलाई घुडा टेकाइ छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रेसलाई संकुचन पार्ने प्रावधान सच्याउन माग गर्दै महासंघले आन्दोलन गरेको एक महिना वित्न लाग्दा समेत सरकारले नसच्याएको कारण तेस्रो चरणको आन्दोलनका कार्यक्रम महासंघको आगामी बैठकले तय गर्ने महासंघका सचिव प्रकाश थापाले जानकारी दिए  ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७६ जेष्ठ २७, ०८: ५२

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७६ जेष्ठ २७, ०८: ५२

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७६ जेष्ठ २७, ०८: ५२

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...