चार बिमानलाई आकाशमै चार चक्कर गराएर चाकडी – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

चार बिमानलाई आकाशमै चार चक्कर गराएर चाकडी

काठमाडौं । हवाई उड्डयन प्राधिकरणका जिम्मेवार कर्मचारीको गैरविम्मेवार हर्कतले अन्तराष्ट्रिय उडानका जहाजलाई काठमाडौं विमानस्थल अबतरणमा बारम्बार अबरोध गरेपछि नेपालको छावि धुमिल हुँदै आएको छ । नेपालको छवि धुमिल भएको मात्र होइन, जहाज कम्पनी, चालक दलका सदस्य र यात्रुहरुले हैरानी बेहोर्न थालेका छन् ।

पछिल्लो एक बर्ष यता देशका भिभिआईपीको हवाइ यात्रालाई भन्दै मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा ठूला जहाजलाई अवतरणको लागि तत्काल अनुमति नदिइ आकाशमै होल्ड गर्न लगाउँदा यात्रुहरुले हैरानी र बेचैनी महसुस गर्न थालेका छन् । हालै मेक्सिकोकी एक मन्त्रीले आफ्नो हवाई यात्राको कारण अन्य विमानलाई वाधा पुगेको भन्दै राजिनामा दिइन तर नेपालका प्रधानमन्त्रीले विदेश भ्रमणको जानकारी नदिइ आधा घण्टा बढी अन्तराष्ट्रिय उडानका चार बिमानलाई शनिबार आकाशमा होल्ड गर्न लगाइयो ।

जसका कारण नेपाल आउने अन्तराष्ट्रिय उडानका जहाजले नेपालसँग सिधा हवाई उडान भर्न समेत अनकनाई रहेका छन् । विश्वकै जोखिमपूर्ण विमानस्थलको रुपमा चिनिएको काठमाडौं अन्तराष्ट्रिय विमानस्थल दुई, दूइ साताको फरकमा सूचना र जानकारी नै नदिइ आकासमै होल्ड गर्न लगाएपछि हैरानी खेप्न बाध्य भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणको क्रममा प्रधानमन्त्रीको सुरक्षाको अवरणमा उनको चाकडीको लागि यति धेरै विमानलाई दुख दिने गरेको जानकारहरु बताउँछन । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार झण्डै दुई साता लामो युरोप भ्रमणमा निस्किए । तर, प्रधानमन्त्रीको सवार विमान उड्ने समयमा भन्दा आधा घण्टाभन्दा बढी त्रिभुवन विमानस्थलको उडान नै रोकियो ।

प्रधानमन्त्री ओली विदेश जाने सेड्युल थाहा हुँदाहुँदै पनि कर्मचारीको लापरवाहीबाट शनिबार मस्कटबाट आएको ओमान एयर, बैंगलोरबाट आएको नेपाल एयरलाइन्स र मेलेसियाबाट आएको मालिन्दो एयरले चार÷चार चक्कर आकासमै लगाएका थिए भने सारजहाँबाट आएको एयर अरेबियाको विमानले ३ चक्कर आकाशमा लगाउन बाध्य भएका थिए ।

भीभीआईपी उडानका समयममा सँधै आधादेखि एक घण्टा उडान अवतरण बन्द गर्ने गरिएपछि र आकाशमै धेरै बेर विमान होल्ड हुँदा यात्रुहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न हुने गरेको छ । शनिबार बेलकीको सयममा त्रिभुवन विमानस्थलमा विमानको अत्याधिक चाप भएकै बेला उडान र अवतरण रोकिएपछि बेलुकी १० बजे विमानस्थल बन्द गर्न समेत समस्या हुने गरेको छ । जसले गर्दा धावनमार्ग मर्मतको काममा प्रभाव पर्ने गरेको छ ।

सर्वसाधारणलाई समस्या नपर्ने गरी भीभीआईपी उडानलाई व्यवस्थित गर्न नागरिक स्तरबाट पटक–पटक माग भएपनि अझै पनि सरकारले कानमा तेल हालेर बसेको छ ।

सम्बन्धित समाचार

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७६ जेष्ठ २७, ०९: १२

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
  • २०७६ जेष्ठ २७, ०९: १२

काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...

बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
  • २०७६ जेष्ठ २७, ०९: १२

काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...