इटहरीका बिबादस्पद अधिकृत बालुवाटारको संरक्षणमा ! – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

इटहरीका बिबादस्पद अधिकृत बालुवाटारको संरक्षणमा !

झापा । इटहरी उपमहानगरपालिकामा सडक बत्ती (सीएफएल) खरिद प्रकरणमा भ्रष्टाचार गरेर विवादमा तानिएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रलाई अर्थमन्त्री डा. युवराज खतिवडाको गृहनगर गौरादहममा सारिएको छ । गौरादह प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्छ ।

इटहरीमा सीएफएल खरिदमा अनियमितता गरेको अरोपमा हटाइएका मिश्रलाई राजनीतिक प्रभाव र संरक्षणकै लागि गौरादह नगरपालिकामा सरुवा गरिएको स्रोतले बतायो । हालसम्म अख्तियारको छानबिन र कारबाहीबाट बच्दै आएका मिश्र गौरादहमा आएपछि इटहरीमा जस्तै मेयरलाई थाहै नदिइ कोटेसनमा आर्थिक कामहरु गर्ने र स्थानीयवासीलाई समेत दुःख दिने कार्य गरिरहेको स्थानीयको गुनासो छ ।

प्रधानमन्त्री र अर्थमन्त्रीको प्रत्यक्ष निर्देशनमा आफू चल्ने गरेको भन्दै मिश्रले गौरादहका मेयर रोहित साहलाई समेत कुनै सल्लाह नगरी आफै निर्णय गर्न थालेका छन् । काग्रेसको तर्फबाट मेयर निर्वाचित भएका साहलाई यसअघि पनि अल्पमतमा परेको भन्दै नेकपाबाट निर्वाचित उपमेयर र ६ वडाध्यक्षहरुले हैरानी खेलाउने गरेका थिए । अहिले आफूसँग बहुमत रहेको भन्दै उममेयर गीता भेटवालको इसारामा अधिकृत मिश्र चल्ने गरेको र उनले स्थानीय बासीलाई हैरान पार्ने गरेको गुनासो आउन थालेका छ ।

बोलपत्र आव्हानमार्फत काम गर्दा मेयरले पनि थाहा पाउने र सबै मापदण्ड र प्रक्रिया पुरा गर्नु पर्दा मनलाग्दो कमिसन नपाइने भनेर नै अधिकृत मिश्रले हरेक योजनालाई टुक्र्याएर अमानतमा का दिने गरेका छन् । कार्यालय समयमा नगरपालिकामा नभेटिने मिश्रको व्यवहारले मेयर साह मात्र होइन, वडाध्यक्षहरु पनि दिक्क भइसकेका छन् । मिश्रले आफ्नो पहुँच प्रधानमन्त्री, अर्थमन्त्री र महान्यायाधिवक्ता अग्नी खरेल तथा प्रदेश मन्त्री हिक्मत कार्कीसँग रहेको भन्दै कुनै विकास आयोजना ठेक्कामा दिए पनि अमानतमा दिए पनि के टाउको दुखाई भन्दै हिँड्ने गरेका छन् ।

आफूलाई अख्तियारले समेत केही गर्न नसक्ने भन्दै अख्तियारलाई नै लल्कार्ने गरेका छन् ।
सीएफएल चिम खरिद प्रकरणमा उनै प्रशासकिय अधिकृतले इटहरीका मेयर द्धारिकलाल चौधरीलाई समेत मुछेका थिए । अख्तियारमा द्धारिकलाल र मिश्र दुवैले बयान पनि दिएका थिए । अन्ततः मिश्रले आफू अख्तियारमै बसेर आएको कर्मचारी भएकोले त्यहाँबाट कुनै त्रास नहुने भन्दै गौरादहका मातहतका कर्मचारीलाई समेत आर्थिक अनियमिततामा उक्साउने गरेका छन् । इटहरीकै सिएफएल प्रकरणको बिषयमा पत्रकारले द्धारिकलाललाई प्रश्न गर्दा उनी कड्किएका थिए भने दोष इटहरीका कर्मचारीलाई दिएका थिए ।

सम्बन्धित समाचार

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७६ जेष्ठ २८, ०८: ४०

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
  • २०७६ जेष्ठ २८, ०८: ४०

काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...

बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
  • २०७६ जेष्ठ २८, ०८: ४०

काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...