मन्त्रीको शोकमा प्रतिनिधिसभाको बैठक स्थगित – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

मन्त्रीको शोकमा प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । संसद्मा प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । वि.सं २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित, पूव्ृशिक्षामन्त्री एवं हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धनिराम पौडेलको ५३ वर्षको उमेरमा आज जेठ ३१ गते चितवनको माडीमा असामयिक निधन भएको छ ।

सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकका लागि निर्धारित विनियोजन विधेयक, २०७६ को जारी छलफल अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल आगामी असार ३ गते हुने भएको छ भने प्रतिनिधिसभाको अर्को बैठक पुनः असार १ गते बिहान ११ बजे बस्ने सभामुख महराले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७६ जेष्ठ ३१, ०७: १२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७६ जेष्ठ ३१, ०७: १२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७६ जेष्ठ ३१, ०७: १२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...