अख्तियारको डरले मालपोतका कर्मचारी भागाभाग – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

अख्तियारको डरले मालपोतका कर्मचारी भागाभाग

बीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयमा हुने कमिसन, भ्रष्टाचार र सेवाग्राहीलाई दुःख दिने प्रबृत्तिको अन्त्य गर्न बारम्बार अनुगमन गर्न थालेपछि पर्षाको जिल्लाको मालपोत कार्यालयमा चार दर्जन कर्मचारीको भागाभाग भएको छ ।

लेखनदासमार्फत दैनिक हजारौं नजराना बुझ्दै आएका मालपोतका कर्मचारीमाथि अख्तियारको नजर परेपछि ५२ कर्मचारीको दरबन्दी रहेको जिल्ला मालपोत कार्यालय पर्सामा हाल चार जना मात्र कर्मचारी छन् । ‘एक मालपोत अधिकृत र चार जना अधिकृतको दरबन्दी रहेको मालपोत कार्यालय पर्सामा पहिले सरुवा हुँदा कर्मचारीहरु खसी र बोका काटेर भोज गर्दथे तर अहिले अख्तियारको डरले कोही जाँदैनन’, समाजवादी पार्टीका सांसद प्रदीप यादवले बताए ।

सांसद यादवले दैनिक हजारौं जनता मालपोतमा काम नहुँदा त्यसै फर्कने गरेको र सांसदमाथि पनि आक्रोस बढ्न थालेको भन्दै तत्काल कर्मचारीको व्यवस्था हुनुपर्ने भनेर संसदमा आवाज उठाउँदा पनि सुनुवाई नभएको बताए ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७६ असार २, ०९: ०६

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७६ असार २, ०९: ०६

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७६ असार २, ०९: ०६

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...