
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको यातायात ब्यवस्था विभागले गरेका हरेक जसो कार्यक्रम योजना र रणनीतिलाई मन्त्रीले नै भाँजो हालेर असफल बनाउन खोजेका छन् । यसको पछिल्लो उदाहरणको रुपमा विहीबार यातायात व्यवस्था विभागले गरेको निर्णयलाई लिन सकिन्छ ।
मन्त्रालयको कार्यभार सम्हालेदेखि नै मन्त्री रघुबीर महासेठका कारण विभागिय प्रमुखहरु पनि आजित भएका छन् । विभागले मन्त्रालयकै स्वीकृतिमा असार १ गतेदेखि उपत्यकामा रात्री सेवा बसहरु सञ्चालमा ल्याउने, काठमाडौं उपत्यकाको रिङरोड र भक्तपुर तथा कीर्तिपुरमा मालवाहक सवारीको आगमनमा रोक लगाउनेदेखि लिएर सार्वजनिक सवारी साधानमा १२ प्रतिशतसम्म भाडा बृद्धि गर्ने निर्णय गरेको थियो ।
विभागले विहीबार दिउँसो बैठक गरेर सोही निर्णय बमोजिम
साँझ यात्रुवाहक सवारी साधानमा भाडा १२ प्रतिशतका दरले बृद्धि गर्ने निर्णय गरेको १० मिनेट नबित्दै फिर्ता भएको छ । मन्त्री महासेठले यस्तो निर्णय कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनमा निर्णय फिर्ता लिएको जनाएको छ ।
यातायात व्यवसायीहरुले मेसिनरी र पार्टपूर्जामा मुल्य बृद्धि भएको, जनशक्ति महंगो भएको र पेट्रोलिय पदार्थमा मुल्य बृद्धि भएको भन्दै मुल्यबृद्धिको तुलनामा सवारी भाडा पनि बृद्धि गर्न माग गर्दै आएका थिए ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...