
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको भएको छ । यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमण सकाएर आएपछि मात्रै बैठक बस्ने गरि स्थगन भएको थियो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबारलाई सचिवालय बैठक राखिएको र बैठकका एजेन्डा भएको बताए।
प्रधानमन्त्री ओलीको र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीचको छलफलपछि दुई नेता सचिवालय बैठक शुक्रबार बोलाउने सहमतिमा गरेका हुन् । यसअघि २३ जेठमा नेकपा सचिवालय बैठक बसेपनि बैठक निष्कर्षमा पुग्न नसक्ने देखिएपछि ओली युरोपबाट फर्किएपछि बस्ने भन्दै स्थगित गरिएको थियो ।
पार्टी सचिवालय बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने अभिप्रायले यसअघि पटक—पटक बसेका बैठक पनि निष्कर्षविहीन टुंगिएको थियो । इन्चार्ज र सहइन्चार्जको विषयमा केपी ओली पक्ष र माधव नेपाल पक्षबीच को हुने भन्ने विवाद रहँदै आएको थियो ।
र्ज र सहइन्चार्ज टुंगो लगाउने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने अभिप्रायले यसअघि पटक—पटक बसेका बैठक पनि निष्कर्षविहीन टुंगिएको थियो । इन्चार्ज र सहइन्चार्जको विषयमा केपी ओली पक्ष र माधव नेपाल पक्षबीच को हुने भन्ने विवाद रहँदै आएको थियो ।
यसैबीच गुठी विधेययक खारेजीको माग गर्दै आजै काठमाडौंको विभिन्न ठाउँबाट सुरु भएको जुलुस माइतीघर आइपुगेको थियो ।
सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरेपनि काठमाडौंबासीको चित्त नबुझेपछि पुनः हजारौं सर्वसाधारण नेपाली झण्डा बोकेर जुलुसमा उत्रिएका थिए ।
विभिन्न नारा लेखिएको ब्यानर र झाँकीसहित काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका नेवार समुदाय माइतीघर आइपुगेका थिए । काठमाडौं उपत्यकाको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटन, भक्तपुर लगायत शहरबाट निकालिएको जुलुस माइतीघरसम्म आएर रोकिएको थियो ।
सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयकमा निजी गुठी र सार्वजनिक गुठीलाई एउटै प्राधिकरण अन्तर्गत राख्ने भनेपछि काठमाडौंका गुठी सञ्चालकहरु आन्दोलनमा उत्रिएका थिए ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...