थापाले विपीको विचार बोक्ने – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

थापाले विपीको विचार बोक्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नीति राप्रपाले अवलम्बन गरेको बताउँदै आएका छन् । उनले राष्ट्र, राष्ट्रियताको साथै राष्ट्रिय एकता र मेलमिलापको नीति आज पनि सान्दर्भिक भएको बताएका छन् ।

संवैधानिक राजतन्त्रको वकालत गरिरहेको राप्रपाले बीपीको समाजवादी नीतिलाई नभएर एकता तथा मेलमिलापको नीति सान्दर्भिक भएको भन्दै बीपीको नीति उनकै पार्टीले अबलम्बन नगरेकोले आफ्नो पार्टीले अब लब्बन गरेको राप्रपा अध्यक्ष थापाले बताउँदै आएका छन् ।

उनले बीपीको विचार बोक्दा खुशी हुनुपर्नेमा उल्टो पिडा र छटपटी हुनु विडम्वना भएको बताए । कांग्रेस र कम्युनिष्टको वैचारीक असफलताको विरुद्धमा सम्बर्धनवादको वैचारिक दर्शन अब जनताको रोजाइ हुने उनको दावी थियो । राप्रपा संयुक्त परित्याग गर्दै काठमाडौंमा प्रभावशाली नेताको रुपमा परिचित जय कुमार खड्का सहितका नेता तथा कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका थिए ।

एकता महाधिवेशनलाई आधार मानेर विलम्व नगरी पार्टी एकतामा आउनका लागि पशुपति शंसेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई आग्रह गर्दै थापाले मुलुकको पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको बताए ।

नाममा लोकतन्त्र तर व्यवहार भने सर्वसत्तावाद तर्फ उन्मुख भएको भन्दै गरिबी र बेरोजगारीका वावजुद भ्रष्टाचार महारोगको रुपमा पछिल्लो समय देखिएको बताए । कांगे्रस र कम्युनिष्टप्रति जनताको मोह भंग हुँदै गएको आरोप लगाउँदै पार्टीले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख्यामा पार्टीमा प्रवेश गर्न थालेको दाबी गरेका छन् ।

सम्बन्धित समाचार

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
  • २०७६ असार १९, ०९: ४३

काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
  • २०७६ असार १९, ०९: ४३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
  • २०७६ असार १९, ०९: ४३

रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...