काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मुलुकका प्रमुख राजनीतिक दलहरुले युवा नेतालाई भन्दा बृद्धलाई प्राथमिकता दिने गरेका छन् । प्रतिनिधिसभा सभामा त झन १९ ठूला राजनीतिक दलका नेताहरुले करिव एक सय भन्दा बढी बृद्ध नेतालाई उम्मेदवार बनाएको छ ।
सरकारले ६८ वर्ष पुगेपछि सामाजिक सुरक्षाको लागि सुविधा भन्दै बृद्ध भत्ता दिने गरेको छ ।
७० वर्षभन्दा बढी उमेर काटेका बृद्ध नेताहरु प्रतिनिधिसभामा गएर देश र जनताको सेवा गर्ने प्रतिज्ञा गरेका छन् । तिमध्ये कति उम्मेदवारले विजय हासिल गर्लान त्यो यसै भन्न सकिन्न । तर ७० वर्ष उमेर पुगेका बृद्धहरु विभिन्न १९ वटा राजनीतिक दलबाट उम्मेदवार बनेका छन् । यसरी उम्मेदवार हुनेमध्ये सब १७ जना भने स्वतन्त्र रहेका छन् ।
यो निर्वाचनमा सबैभन्दा बृद्ध उम्मेदवार भनेको गोरखा क्षेत्र नम्वर २ मा नेपाली कांग्रेस बीपीको तर्फबाट प्रतिष्पर्धामा उत्रिएका टिकादत्त पोखरेल हुन । उनी ९९ वर्षका हुन् । उनीसहित ८० वर्ष उमेर भएका उम्मेदवारको सख्या पोखरेलसहित ८ रहेको छ ।
यस्तै, लोकतान्त्रिक समाजबादी दलका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समेत ८० वर्ष उमेर पुगेका नेता हुन् ठाकुर महोत्तरी ३ र केसी बाग्लुङ क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभामा उम्मेदवार भएका छन् । दुबै नेता सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार भएका हुन् ।
यस्तै तेह्रथुमका युवरा गौतम, काठमाडौं क्षेत्र नम्वर ६ का विष्णु प्रसाद ढकाल बारा क्षेत्र नम्वर १ का कृष्णराज गिरी र पर्षा क्षेत्र नम्वर १ का हृदयनारायण प्रसाद बरै ८० वर्ष उमेर पुरा गरेका नेता हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल र केपी शर्मा ओली पनि ७० वर्ष उमेर पुगेका उम्मेदवारहरु आगामी मंसिर ४ को प्रतिनिधि सभा सदस्यमा प्रतिष्पर्धामा उत्रिएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा सबैभन्दा धेरै बृद्ध नेता अर्थात ७० वर्ष उमेर काटेका नेता राप्रप्रपामा छन् । सो दलमा ९ जना ७० बसन्त पार गरेका उम्मेदवार छन् ।
यस्तै कांग्रेसका ७, राप्रपा नेपालका ४, लोकतान्त्रिक समाजबादी पार्टीका ३, एमालेका ३,नेपाली कांग्रेस (बीपी) का ३, मंगला इन्टरनेसनल अर्गनाईजेसका ३ जना उम्मेदवार ७० वर्ष पार गरेका छन् । यस्तै नेकपा एस, जनमत पार्टी, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेकपा मालेबाट भने २ –२ जना उम्मेदवार ७० वर्ष उमेर पार गरेका छन् ।
माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, जनसमाजबादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीबा क्रमश १–१ जना उम्मेदवारहरु ७० वसन्त पार गरेका नेताहरु छन् ।
जनसमाजबादी पार्टीका नेता तथा प्रतिनिधिसभाको निर्वाचनमा माओबादी केन्द्रको चुनाव चिन्ह लिएर सर्लाही क्षेत्र नम्वर २ मा उम्मेदवार भएका महिन्द्र राय यादव ८५ वर्षको भएको आयोगले बताएको छ । तर उनी स्वयमले भने आफू ६८ वर्ष मात्र उमेर पुगेको बताउनु भएको छ ।
कुन राजनीतिक दलबाट कति जना ७० वर्ष उमेर पुगेका नेताहरु उम्मेदवार भएका छन्, हेरौं सूची –
नेपाली कांग्रेसका ७ जना
तनहुँ क्षेत्र नम्वर १ बाट रामचन्द्र पौडल ७८
डडेलधुरा क्षेत्र नम्वर १बाट शेरबहादुर देउवा ७७
नुवाकोट क्षेत्र नम्वर २बाट अर्जुननरसिंह केसी ७५
सिरहा क्षेत्र नम्वर १बाट पद्मनारायण चौधरी७४
उदयपुर क्षेत्र नम्वर १ बाट डा.नारायण खड्का७३
मोरङ क्षेत्र नम्वर ६ बाट डा. शेखर कोइराला७२
झापा क्षेत्र नम्वर ३ बाट कृष्णप्रसाद सिटौला७२
माओबादी केन्द्रका १ जना
सर्लाही क्षेत्र नम्वर २ बाट महिन्द्र राय यादव८५ तर ६८ भएको दाबी
नेकपा एसका २ जना
इलाम क्षेत्र नम्वर १बाट झलनाथ खनाल७२
रौतहत क्षेत्र नम्वर १ बाट माधवकुमार नेपाल ७०
लोकतान्त्रिक समाजबादी पार्टीका ३ जना
महोत्तरी क्षेत्र नम्वर ३ बाट महन्थ ठाकुर८०
पर्सा क्षेत्र नम्वर १ बाट लक्ष्मणलाल कर्ण७५
रुपेन्देही क्षेत्र नम्वर ४बाट सर्वेन्द्रनाथ शुक्ला७२
राष्ट्रिय जनमोर्चाका १ जना
बाग्लुङ क्षेत्र नम्वर १बाट चित्रबहादुर केसी८०
नेकपा एमालका ३ जना
कपिलबस्तु क्षेत्र नम्वर ३ बाट मंगलप्रसाद गुप्ता ७७
पर्सा क्षेत्र नम्वर ४ बाट जलिम मियाँ अन्सारी७५
झापा क्षेत्र नम्वर ५ बाट केपी शर्मा ओली ७०
जनता समाजबादी पार्टी नेपालका ४ जना
सप्तरी क्षेत्र नम्बर २ बाट नवलकिशोर साह ७३
धनुषा क्षेत्र नम्वर २बाट आनन्द यादव ७३
झापा क्षेत्र नम्वर १ बाट राधा थापा७०
झापा क्षेत्र नम्वर ३ बाट बीरबहादुर राई७०
राष्ट्रिय प्रजातन्त्र पार्टीका ९ जना
तेह्रथुम क्षेत्र नम्वर १बाट युवराज गौतम ८७
मोरङ क्षेत्र नम्वर ५ बाट रेवतबहादुर थापा ७६
स्याङ्जा क्षेत्र नम्वर २बाट लालगोपाल अर्याल ७६
नवरपरासी प. क्षेत्र नम्वर २ बाट ध्रुबहादुर प्रधान ७३
काठमाडौं क्षेत्र नम्वर ६बाट विष्णुप्रसाद आचार्य ७२
रुपन्देही क्षेत्र नम्वर ३ बाट दिपक बोहोरा ७१
नवलपरासी पू. क्षेत्र नम्वर १ बाट डा. मोहनीलाल भुषाल ७१
धनकुटा क्षेत्र नम्वर १ बाट कुमारबहादुर थापा ७०
लमजुङ क्षेत्र नम्वर १ बाट बालचन्द्र श्रेष्ठ ७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ४ जना
संखुवासभा क्षेत्र नम्वर १ बाट टिकाराम शाही ७९
रौतहट क्षेत्र नम्वर २ बाट महेन्द्र साह तेली ७८
सिरहा क्षेत्र नम्वर १ बाटह हरिराम दास ७५
काभ्रेपलाञ्चोक क्षेत्र नम्वर १ बाट गोविन्दराज गिरी ७०
नेपाली कांग्रेस (बीपी) का ३ जना
गोरखा क्षेत्र नम्वर २ बाट टिकादत्त पोखरेल ९९
सप्तरी क्षेत्र नम्वर २ बाट चिरञ्जिवीलाल देब ७३
बाँके क्षेत्र नम्वर ३बाट दुर्गाबहादुर घिमिरे ७३
मंगोल नेसनल अर्गनाईजेसनका ३ जना
कपिलबस्तु क्षेत्र नम्वर ३ बाट केशबहादुर थापा ७९
कपिलबस्तु क्षेत्र नम्वर २ बाट सूर्यबहादुर थापा ७७
सुनसरी क्षेत्र नम्वर २ बाट पूर्णबहादुर थापा ७१
जनमत पार्टीका २जना
सप्तरी क्षेत्र नम्वर ४ बाट सुकदेव साह ७२
कपिलबस्तु क्षेत्र नम्वर ३ बाट नरसिंह चौधरी ७०
संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च (संलोराम) का २ जना
पाँचथर क्षेत्र नम्वर १ बाट जयबहादुर योङहाङ ७४
ललितपुर क्षेत्र नम्वर ३ बाट विष्णुकुमार लिम्बु ७०
नेकपा (माले) का २ जना
कपिलबस्तु क्षेत्र नम्वर १ बाट युवराज शर्मा आचार्य ७५
सिन्धुपाल्चोक क्षेत्र नम्वर १ बाट कृष्णबहादुर ठकुरी ७०
नेकपा माकर््सबादी (पुष्पलाल)का १ जना
बाँके क्षेत्र नम्वर २बाट खलुप्रसाद थारु ७२
तमलोपाका १ जना
महोत्तरी क्षेत्र नम्वर २बाट विजयकुमार सिंह ७०
नेपाल सद्भावना पार्टीका १ जना
बारा क्षेत्र नम्वर ४ बाट खेदु महतो धानुक ७४
राष्ट्रिय जनमुक्ति पार्टीका १ जना
तनहुँ क्षेत्र नम्वर १ बाट हस्तबहादुर किचिम थापा ७०
जनसमाजबादी पार्टीका १ जना
बाँके क्षेत्र नम्वर २बाट लिलौ दर्जी ७३
स्वतन्त्र उम्मेदवारहरु १७ जना
विष्णुप्रसाद ढकाल ८५, काठमाडौं क्षेत्र नम्वर ६बाट
कृष्णराज गिरी ८१ , बारा क्षेत्र नम्वर १बाट
हृदयनारायण प्रसाद बरै ८०, पर्सा क्षेत्र नम्वर १ बाट
तारानाथ सुवेदी ७८, काश्की क्षेत्र नम्वर २ बाट
विष्णुप्रसाद चौधरी कुर्मी ७४, रुपन्देही क्षेत्र नम्वर १ बाट
कृष्ण राई ७५, मोरङ क्षेत्र नम्वर ३बाट
गोविन्दराज जोशी ७३, तनहुँ १ बाट
लक्ष्मणसिंह खड्का ७३, काठमाडौ क्षेत्र नम्वर ९ बाट
निमचन्द्र हमाल ७२, मुगु क्षेत्र नम्वर १ बाट
जगन्नाथ पौडेल ७१ , चितवन क्षेत्र नम्वर ३ बाट
चिरञ्जिवी पाण्डेय ७१, स्याङ्जा क्षेत्र नम्वर २ बाट
केशवबहादुर चन्द ७१, बैतडी क्षेत्र नम्वर १ बाट
सहीमुद्धिन मियाँ ७१, सुनसरी क्षेत्र नम्वर ३ बाट
राजेन्द्र बहादुर शाह ७०, सल्यान क्षेत्र नम्वर १ बाट
लोकबहादुर दमै ७०, स्याङ्जा क्षेत्र नम्वर १ बाट
दिनेश्वर झा ७०, बारा क्षेत्र नम्वर ३ बाट
महेन्द्रप्रसाद चौधरी ७०, रौतहट क्षेत्र नम्वर ३ बाट
नयाँ विकल्प साप्ताहिकबाट
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...
काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...