११ सैनिक कल्याणकारी कोषको सम्पति ४४ अर्ब २२ करोड – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

११ सैनिक कल्याणकारी कोषको सम्पति ४४ अर्ब २२ करोड

काठमाडौं । नेपाली सेनाले सैनिक कल्याणकारी कोषको रकम मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुगेको जानकारी दिएको छ । सैनिक कल्याणकारी कोषले सैनिक मुख्यालय जंगीअड्डामा पत्रकार सम्मेलन गरेर कोषमा गत २०७५ असार मसान्तमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख रहेकामा हाल उक्त मौज्दात रकम २ अर्ब ८० करोड ३६ लाख रुपैयाँले बढेर ३८ अर्ब ५७ करोड ६० लाख पुगेको जानकारी दिएको हो ।

कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको पाँच अर्ब ६४ करोड ३० लाख ४० हजार रुपैयाँ लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ४४ अर्ब २१ करोड ९० लाख ४० हजार रुपैयाँ पुगेको सैनिक कल्याणकारी कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए ।

शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क सैनिक कल्याणकारी कोषको आयस्रोत रहेको पनि निर्देशक केसीले जानकारी दिए ।

कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर पाँच करोड रुपैयाँबाट दुई लाख ६६ हजार रुपैयाँमा झारेको छ । यसअघि जोखिममा रहेको रकम ८५ करोडको हाराहारीमा थियो। कोष र अन्तर्गतका निकायको ५० करोड २३ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेकामा अघिल्लो वर्ष नै ३० करोड ४० लाख ७३ हजार रुपैयाँ फछ्र्याेट भएको र बाँकी पनि फछ्र्योटको क्रममा रहेको बताइएको छ ।

कोषको मूल धनमा प्राप्त हुने ब्याजबाट हिताधिकारीको शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा लगानी हुने गरेको छ ।

नेपाली सेनाले शान्तिस्थापनाका लागि लागि संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजार रुपैयाँबाट विसं २०३२ मा ‘बहुजन हिताय, बहुजन सुखायको सोच राखी सैनिक कल्याणकारी कोष स्थापना गरेको थियो । सैनिक कल्याणकारी कोषको रकम मुलुकका विभिन्न २८ भन्दाबढी क वर्गका बैंक तथा वित्तीय संस्थामा निक्षेप रहेको बताइएको छ ।

सेनाले कल्याणकारी कोषमाफर्त सञ्चालन भएका कार्यक्रमबाट राज्यलाई वार्षिकरुपमा ४५ करोड रुपैयाँ राजश्व दिँदै आएको छ । कोषमार्फतका कार्यक्रम सञ्चालन गर्न वार्षिक पाँच अर्ब खर्च हुने गरेको छ । ती कार्यक्रममार्फत कोषले पछिल्लो समय वार्षिक ६ अर्ब आम्दानी गर्दै आएको केसीले जानकारी दिए ।

सबै जिल्लामा सैनिक विद्यालय खोल्ने नेपाली सेनाले सैनिक कल्याणकारी कोषमार्फत मुलुकका ७७ ओटै जिल्लामा सैनिक विद्यालय खोल्ने भएको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिएको हो ।

सबै प्रदेशहरूमा सैनिक स्कूलहरूको स्थापना गर्ने नीति अनुरुप प्रदेश २ अन्तरगत महोत्तरीको बर्दिवासमा स्कूल निर्माण कार्य सम्पन्न भइसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए ।

उनले सेनाले आफ्ना हितकारीका सन्ततीहरूलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकुँन भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा इम्पेनल स्कुल स्थापना गर्ने जानकारी दिए ।

निर्देशनालयले कोष अन्तर्गत सञ्चालित विद्यालय महाविद्यालयहरूमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण र सिकाईमा नविनतम् प्रविधिको प्रयोग गरी सबै कक्षाहरूमा मल्टिमिडिया प्रोजेक्टर लगायत अन्य प्रविधिहरूको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरूको स्तरोन्नति तथा भाषा ल्याबको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ।

निर्देशनालयले काठमाण्डौं उपत्यकाभित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वरी विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ ।

सम्बन्धित समाचार

६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
  • २०७६ श्रावण २८, ०९: १६

काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७६ श्रावण २८, ०९: १६

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७६ श्रावण २८, ०९: १६

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...