
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू र पार्टी महामन्त्री डा. शशांक कोइरालालाई व्यवसायिक पृष्ठभूमिबाट आएको भन्दै पार्टी भित्रैबाट प्रहार हुन थालेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ १३ गतेको बैठकमा निकै कड्किए ।
उनले आफूहरुमाथि एकपछि अर्को गर्दै प्रहार गर्ने र लाञ्छना लगाउने काम भएको भन्दै आपत्ति समेत जनाएका छन् । उनले आफू जन्मदा नै परिवारका सबै सदस्य क्रान्तिमा होमिएको र १० बर्षको हुँदा परिवारका सबै सदस्य जेल गएका कारण एक्लै बस्नु परेको घटना केन्द्रीय कार्यसमिति बैठकमा सुनाएका थिए ।
अहिले आफू र महामन्त्री डा. शशांकमाथि व्यवसायिक पृष्ठभूमिबाट आएको र राजनीतिक पृष्ठभूमि र अनुभव नभएको भनेर आलोचना भएको प्रसंग कोट्याउँदै डा. शेखरले आफूहरु क्रान्तिबाटै आएको इतिहास नविर्सन सबै नेतालाई चुनौति दिए ।
५२ बर्षअघि विराटनगर क्याम्पसमा फ्रन्टलाईनमा वसेर काम गर्दा केन्द्रीय कार्यसमितिका कति नेताजी को को कहाँ हुनुहुन्थ्यो ? भनी प्रश्न गर्दा कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा सन्नाटा नै छाएको एक नेताले बताए । उनले आफूहरु विनाव्यवसाय राजनीति गर्नुहुन्न भन्ने मान्यतामा रहेकोले नैतिक राजनीतिलाई बढावा दिन नै व्यवसाय गरेको दाबी गरेका थिए ।
कोइरालाले २०४८ सालको निर्वाचनमा मोरङमा खटिइँदा आफूलाई तत्कालिन एमालेले दिएको यातना समेत स्मरण गरेका थिए । चुनाव प्रचारमा जाँदा मलाई एमालेका कार्यकर्ताले कुटपीट गर्दै चुरोटको ठूटाले पोलेर यातना दिएको र पेश्तोल मुखमा कोचेर फोटो खिचाएको घटना कुन व्यवसाय थियो ? भनी डा. शेखरले प्रश्न गरेका थिए ।
कोइरालाले टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेको कार्यक्रममा लाखौ सर्वसाधरण जनता आउने तर कांग्रेसले आयोजना गरेको कार्यक्रममा कार्यकर्ता मात्र किन आउँछन भनी प्रश्न गरे । उनले जनताको सहयोग र सम्वन्ध पार्टीले पाउन नसक्नुको कारण नखोजे कमजोर हुने चेतावनी दिए । उनले कांग्रेसप्रति जनताको आकर्षण घट्नुको पछि के कारण छ भनेर खोजि नगरीए संगठन कमजोर हुने भन्दै चिन्ता व्यक्त गरे । उनले सरकारमा बसेकाहरु अलोकप्रीय भएको बेला कांग्रेसले असन्तुष्ट नागरिकको मन जित्न किन सकेन भनेर चिन्तन गर्ने बेला आएको बताएका थिए ।
काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...
रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...