
काठमाडौं । एक १८ बर्षिया किशोरीलाई बलात्कार गरेको अभियोगमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनका केन्द्रीय सदस्य तथा रत्न राज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले मुद्धा चलाउने तयारी समेत गरिरहेको छ । आफ्ना नेता बलात्कारकोअ अभियोगमा पक्राउ परेपछि राईलाई कारबाही गरिएको रत्न राज्यलक्ष्मी क्याप्सका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले जनाएका छन् ।
स्ववियू सभापति शाहीले घटनाका बारेमा प्रहरी प्रशासनले थप अनुसन्धान गरी सत्य तथ्य वाहिर ल्याउन र पीडित पक्षलाई न्याय दिलाउनका लागि हर किसिमको सहयोग गर्न संगठन तयार रहेको भन्दै स्ववियूका कुनै पनि गतिविधिमा राईलाई संलग्न नगराईने जनाएका छन् ।
राईले गत साता कात्तिक ११ गते सोमबार साँझ रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत झापाकी किशोरीलाई गोकर्णेश्वर नगरपालिका वडा नं ६ माकलवारीमा बलात्कार गरेका थिए । उनले ति किशोरीलाई देउसी खेल्न भन्दै बोलाएर माकलबारीस्थित डेरामा लगरेर मदिरा सेवन गरी जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...