
काठमाडौँ । प्रहरीले प्रधानमन्त्रीका सुरक्षागार्ड (एडिसी) को रुपमा जिम्मेवारी पाएका नेपाली सेनाका मेजर राजेन्द्रबहादुर शाहीसहित आठ जुवाडेलाई जुवाको खालबाट शुक्रबार पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग गोंगबुले शाहीसहितका जुवाडेलाई शुक्रबार राति एक लाख ५९ हजार रुपैयाँ नगदसहित सोमबहादुर मगरको टोखास्थित घरमा चलाइएको जुवाखालबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सन्तोषकुमार दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शाहीसहित सोमबहादुर मगर, बुद्धिलाल मगर, जित गुरुङ, मानकाजी गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ५९ हजार ३०० रुपैयाँ बरामद गरेको थियो ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले एक साताअघि आफ्नै नेतृत्वमा भिआईपी जुवाडेलाई आराजगंजबाट पक्राउ गरेका थिए । गोंगबु प्रभाग पनि उनै लम्साल नेतृत्वको महाराजगञ्ज बृत मातहत पर्छ ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...