नेपाली कांग्रेसले प्रदेश प्रमुख बर्खास्त गर्ने सरकारको निर्णयलाई आगामी १४ मंसिरमा हुने उपनिर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत भएको ठहर गरेको छ । कांग्रेसको केन्द्रीय पदाधिकारीको मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास वुढानिलकण्ठमा बसेको बैठकले सरकारको सो निर्णयलाई अतार्किक एवं कम्युनिष्ट सत्ताको असफल दिशामा जान खोज्ने संकेतको घटना भन्दै बिरोध जनाएको छ ।
कांग्रेसले संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले बर्खास्त गर्नुलाई सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको भन्दै आपत्ति जनाएको छ ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनु पर्नेमा संघीयता कार्यान्वयन नगरी अन्य विषयमा हात हाल्ने सरकारको निर्णयलाई राजनीतिक दृष्टिले पूर्वाग्रहपूर्ण भएको जनाईको छ ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...