महाधिवेशन गर्न नसकेपछि राजपाले तदर्थमा चलाउने – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

महाधिवेशन गर्न नसकेपछि राजपाले तदर्थमा चलाउने

काठमाडौं । राजापा नेपालले कात्तिक २८ देखि ३० गतेसम्म पार्टीको गर्ने भनिएको महाधिवेशन सम्भव नभएपछि जिल्ला तदर्थ समिति गठनको तयारीमा जुटेको छ ।

पटक पटक महाधिवशेनको घोषणा गर्दै स्थगित हुँदै आएको राजपाले महाधिवशेनको औपचारिक रुपमा स्थगित गरेको छैन् ।

बैशाख ७ गते २०७४ मा ६ वटा मधेशकेन्द्रीत दल मिलेर बनेको राजापाले पछिल्लो बैशाख ७ देखि ९ गतेसम्म महाधिवेशनको मिति घोषणा गरेको थियो । एक वर्षदेखि पार्टीको सदस्यता वितरण अभियान थालेको राजपाले सदस्यता वितरणवको मिति गत बैशाख मसान्तमा टुंग्याउन निर्देशन दिएको थियो ।

हरेक दुई महिनामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुँदै आएको राजपामा समाजवादी पार्टीसँग पार्टी एकता गर्ने वा नगर्ने भन्ने विषयले नयाँ विवाद देखिएको छ ।

पार्टी एकता हुने आशाले महाधिवेशनको तयारी पार्टी नेतृत्वले नगरे पनि एकताको बलियो आधार भने अझै देखिएको छैन । पार्टी गठन भएको अढाइ वर्षसम्म महाधिवेशन गर्न नसकेको राजपा अध्यक्ष मण्डलको ८ कात्तिकको बैठकले ५२ जिल्लामा पर्यवेक्षक खटाएका छ ।

५२ जिल्लामा पार्टी संगठन विस्तार गर्न सफल राजपाले ति पर्यवेक्षकलाई सबै जिल्लामा तदर्थ समिति गठन गर्ने अधिकार दिएको छ । पर्यवेक्षकलाई सम्भव भएसम्म सर्वसम्मत र सम्भव नभए लोकतान्त्रिक विधिबाट भए पनि जिल्ला तदर्थ समिति बनाउने निर्देशन दिएको पार्टी महामन्त्री केशव झाले बताए ।

पार्टीले सबै जिल्लामा पर्यवेक्षक खटाएर पार्टीको जिल्ला तदर्थ समिति गठन हुन थाल्नु नै महाधिवेशन शुरु भएको मान्नु पर्ने राजपाले दाबी गरेको छ । खटाइएका पर्यवेक्षकलाई भने महाधिवेशन नहुन्जेलसम्ममा सबै जिल्लाको तदर्थ समिति बनाई सक्न निर्देशन दिइएको छ । राजपा केन्द्रीय समिति बैठक एक बर्षदेखि बस्न सकेको छैन् ।

सम्बन्धित समाचार

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
  • २०७६ कार्तिक २६, ०६: ५७

काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
  • २०७६ कार्तिक २६, ०६: ५७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
  • २०७६ कार्तिक २६, ०६: ५७

रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...