काँग्रेस नेताहरुको जिल्ला दौडाहा – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

काँग्रेस नेताहरुको जिल्ला दौडाहा

काठमाडौ । कांग्रेसका शीर्षष्थ नेताहरु यतिवेला देशका विभिन्न भागमा राजनीतिक कार्यक्रम लिएर देश दौडाहामा लागेका छन् । यसरी एक्ला एक्लै पार्टीको कार्यक्रम लिएर हिँड्ने नेतामध्ये केहीले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनलाई लक्षित गरेका छन भने कतिपयले प्रभाव देखाउनकै लागि राजधानीवाहिर निस्किएका हुन् ।

वाहिर देखाउन उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन माहौल बनाउने उदेश्यले कार्यकर्ता भेटघाट र राजनीतिक गतिविधि बढाए पनि कांग्रेस नेताहरुको लक्ष्य भने आगामी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारीको तयारी र आफ्नो पक्षमा कार्यकर्तालाई तान्ने उदेश्य रहेको देखिन्छ ।

कांग्रेसको १४ औंमहाधिवेशन आगामी एक वर्ष भित्र गर्नु पर्ने संवैधानिक बाध्यता छ । कांग्रेसले आगामी मंसिर १ गतेदेखि क्रियाशिल सदस्यता वितरणको विषयमा निर्णय गरी पार्टीको महाधिवेशनको मिति निर्धारण गर्ने निर्णय यसअघि नै गरिसकेको हो ।

राजधानी छाडेर विरलै वाहिरीने कांग्रेस सभापति देउवा विहीबार नै कैलाली पुगेर आज महेन्द्रनगरमा शिक्षक संघको कार्यक्रममा व्यस्त छन् । सभापति देउवा सुदूरपश्चिम प्रदेशमा व्यस्त हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल भने विहीबार प्रदेश नं –१ को झापा पुगेर शुक्रबार इलामको कार्यक्रममा व्यस्त छन् ।

सभापति देउवाले विहीबार प्रेस युनियनको कार्यक्रममा सहभागीता जनाएका थिए भने शुक्रबार नेपाल शिक्षक संघले महेन्द्रनगरमा आयोजित प्रदेशस्तरिय भेलालाई संवोधन गरेका छन् । शनिबार धनगढीमा नेपाल महिला संघको भेलालाई संवोधन गरी काठमाडौं फर्किएका सभापति देउवाको आगामी कात्तिक ६ र ७ गते पोखरामा आयोजना हुने चुनावी सभालाई संवोधन गर्ने भएका छन् ।

झापामा कांग्रेसका अगुवा कार्यकर्तासँग भेट गर्न केन्द्रीय सदस्य डा. शेखर कोइराला र धनराज गुरुङलाई साथै लिएर सभागी भए । पौडेल कात्तिक २६ गते हेटौडामा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रदेश नम्बर ३ स्तरिय प्रशिक्षण कार्यक्रममा सहभागि भएका थिए ।

कात्तिक २७ मा बाराको निजगढ र सिरहाको लाहानका कार्यक्रममा पार्टी कार्यकर्ताको भेलालाई संवोधन गरेका पौडेल इलामका अगुवा कार्यकर्ताको भेलामा सहभागी छन भने शनिबार पाँचथरको फाल्गुनन्द गाउँपालिकाको चुनावी सभालाई सम्वोधन गर्ने भएका छन् । पार्टीको ज्लिला कार्यसमिति ताप्लेजुङ्गले १ मंसिरमा आयोजना गर्ने वृहत कार्यकर्ता भेलालाई पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


महामन्त्री डा. शशांक कोइराला भने आइतबार आफ्नै निर्वाचन क्षेत्र रहेको पश्चिम नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । आफ्ना मतदाता र कार्यकर्तासँग भेटघाट गरी उनी सोमबार धरान उपमहानगरपालिकाको चुनावी सभालाई संवोधन गर्ने भएका छन् । महामन्त्री कोइराला मंगलबार विराटनगर गएर अर्को साता राजधानी फर्कने र ७ मंसिरदेखि पोखरा, बाग्लुङ र दाङका चुनावी कार्यक्रम र सभामा सहभागी हुने भएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला शुक्रबार नै पोखरामा अगुवा कार्यकर्ताको भेला र चुनावी ¥यालीमा समेत सहभागी भएका छन् । शनिबार पोखराकै चुनावी कार्यक्रममा सहभागी हुने सिटौला आइतबार बागलुङमा भएको प्रदेश सभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवार भएका जीत शेरचनको चुनावी सभामा सहभागी हुने भएका छन् ।

उपसभापति विजयकुमार गच्छदार वुधबार नै धरान उपमहानगरपालिकाको चुनावी कार्यक्रममा सहभागी थिए भने अर्का उपसभापति विमलेन्द्र निधि पोखरामा गत सातादेखि नै चुनावी सभा, कार्यक्रम र अनौपचारिक कार्यक्रममा सहभागी भएका छन् ।

आगामी महाधिवेशनमा सभापतिको दाबी गरिरहेका केन्द्रीय सदस्य डा. शेखर कोइराला भने एक सातादेखि नै देश दौडाहामा छन एक सातादेखि पूर्वी नेपालका सुनसरी मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी भएका कोइराला यो महिनाभरी नै उपत्यकावाहिरका कार्यक्रममा सहभागी हुने उनका सहयोगी दिनेश थपलियाले जनाए ।

सम्बन्धित समाचार

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७६ मंसिर २, ०५: ५२

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...

सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७६ मंसिर २, ०५: ५२

काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन
  • २०७६ मंसिर २, ०५: ५२

काठमाडौँ : गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । आज गृहमन्त्री सुधन गुरुङले...