सरकारमै बसेर सरकारकै आलोचना गर्ने उपेन्द्रको पथमा बाबुराम लतारिए – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

सरकारमै बसेर सरकारकै आलोचना गर्ने उपेन्द्रको पथमा बाबुराम लतारिए

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको सत्तारुढ समाजवादी पार्टीले सरकारमा टाँसिएरै सरकारको आलोचना गर्ने राजनीतिक लाईन लिएको छ । कात्तिक २८ देखि ३० गतेसम्म राजधानीमा सम्पन्न समाजवादी पार्टीको संघीय परिषद् बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईमार्फत यस्तै दोधारे नीति प्रस्ताव गर्न लगाएर यादवले सरकार नछाड्ने संकेत दिएका हुन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपाले पार्टीका कुनै पनि माग पुरा नगरेको भन्दै समाजवादी पार्टीका नेताहरु सरकारको बिरुद्ध सार्वजनिक रुपमा विरोधमा उत्रिदै आएका थिए । तर सत्ताको सेवा र सुविधामा रमाएका यादवले संघीष परिषदको अध्यक्ष बनाइएका डा. भट्टराईले प्रस्तुत गरेको प्रस्तावमा सरकारलाई संविधान संशोधनको लागि अन्तिम पटक पर्खने भनिएको छ । माग पुरा नभए सरकार छाड्ने चेतावनी दिइएको प्रस्तावमा सरकार कहिलेसम्म छाड्ने भन्ने विषयमा कुनै मिति निर्धारण गरिएको छैन ।

सरकारको नेतृत्व गरिरहेको दलले सत्ता साझेदार दललाई उपेक्षा गरेको, एकलौटी ढंगले निर्णय गरेको, सत्ता साझेदारीको न्युनतम मर्यादालाई समेत ख्याल नगरी प्रदेश प्रमुख हटाएको भन्दै प्रस्तावमा मधेशी, शिल्पी, आदिवासी, जनताति,पिछडिएएको क्षेत्र र बहिस्करणमा परेका नेपाली नागरिकको लागि विकास र समृद्धिको पक्षमा ठोस काम गर्न नसकेको भन्दै त्यसका लागि सरकारमा बसेर दबाब दिने बताइएको छ ।

पार्टी एकीकरण भएको गत जेठ २३ गते नै ओली नेतृत्वको सरकारको कटु आलोचना गर्दै आएका बाबुरामले सरकार छाड्नको लागि पार्टी भित्रै दबाब सृजना गरेपनि त्यसलाई पत्थर पार्न अर्का अध्यक्ष यादव सफल भएका छन् । पार्टी भित्रैबाट आफूलाई सत्ताबाट हटाउन खोजेको भनेर बाबुरामप्रति चिढिएका उपेन्द्रले उनै बाबुरामको प्रस्तावमा सरकारमा टाँसिने रणनीति लिएका हुन् ।

सरकार छाड्न, मधेश केन्द्रीत दल राजपासँग पार्टी एकीकरण गर्न र आन्दोलनमा समेत जानको लागि पार्टी भित्रबाट आएको दबबाई सामना गर्न अप्ठ्यारो भइरहेको बेला कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष रहेका डा. भट्टराई मार्फत तत्काल सरकार नछाड्ने प्रस्ताव अघि सार्न लगाएका हुन् ।

समाजवादीले सरकार छाड्ने विश्वास र आश्वासनमा अर्काे मधेश केन्द्रीत दल राजपाले विहीबारदेखि आयोजना गरेका पार्टीको महाधिवेशन समेत स्थगित गरेको थियो । समाजवादीको निर्णयबाट राजपाका शीर्ष नेता समेत निरास भएका छन् । तर पनि उनीहरुले औपचारिक प्रतिक्रिया भने दिएका छैनन् ।

गत वर्षदेखि बिचार सिद्धान्त र कार्यक्रमको जगमा एकता हुने भन्दै राजपालाई चिठी लेखेर वार्तालाई अघि बढाएको समाजवादीको रणनीतिबाट राजपाका नेताहरु निरास भएका छन् । पटक पटक वार्ता गर्दै राजपा महाधिवेशनलाई धकेलेर पार्टीलाई असफल र गतिहिन बनाउन खोजेको आरोप राजपाका नेताहरुको छ ।

यता उपेन्द्रसँग पार्टी मिलाएर ठुलै भाग पाउँछु भन्दै आएका डा. बाबुरामको पनि अर्का वरिष्ठ नेता असोक राईको हालत भएको छ । संघीय समाजवादी पार्टीलाई मधेशी जनअधिकार फोरममा विलय गराएका राईको समाजवादी पार्टीमा वरिष्ठ नेताको पद रहे पनि हैसियत भने शुन्य प्राय छ । पार्टीका सबैजसो निर्णयमा यादवको बोलाबाल चल्ने गरेको छ ।

कुनै पनि राजनीतिक नियुक्ति, अवसर वा पार्टीले गर्ने हरेक निर्णयमा असोक राई वाईपास हुँदै आएका छन् । असोक राईसँगै एमालेबाट आएका नेताहरु विजय सुब्बा, गोपाल ठाकुर, अजम्वर काङमाङ लगायतका दर्जनौं नेता कोही माओवादी त कोही एमाले हुँदै हाल नेकपाको सक्रिय राजनीतिमा होमिइसकेका छन् ।

अव डा. बाबुरामको हालत पनि उनै राईको भन्दा फरक नहुने समाजवादी पार्टी भित्रकै नेताहरुले जनाउने गरेका छन् । देखाउनको लागि पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठलाई नियुक्त गरिएको छ । उनी सांसद पनि हुन् । वाँकी संघीय समाजवादीबाट आएका कुनै पनि नेताले अवसर पाएका छैनन् ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७६ मंसिर ३, ०९: २१

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७६ मंसिर ३, ०९: २१

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७६ मंसिर ३, ०९: २१

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...