
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीन फिङ आउँदा होस वा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आउँदा होस राजधानी काठमाडौंका मूल सडकमा तिनै देशका र हाम्रा देशका राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो विजुलीको पोल पोलमा टाँसिएका थिए ।
त्यही पोल पोलमा फोटो टाँसेर विदेशी पाहुनाको स्वागत र मित्रत्रा झल्काउन गरेको कार्यलाई नेपाली जनताले देशब्यापी नक्कल गरेका छन् । तर यस्तो नक्कल मित्रता वा आतिथ्यताको लागि नभएर ध्यान आकर्षित गर्न र आलोचना गर्नको लागि यस्तो नक्कल गरेका छन् ।
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारीको शैलुङ कन्ष्ट्रक्सनले नगरकोट जाने बाटो नबनाई दिएपछि जनताले उनै अधिकारीको फोटो पोल र गाडी गाडीमा राखेका हुन् । जनताको आक्रोस र विरोध गर्ने यो भद्र शैलीको नक्कल नगरकोटवासीले मात्र होइन, दोलखाको चरिकोटका वासिन्दाले समेत गरेका छन् ।
भक्तपुरको नगरकोट सडकको काम समयमै नसकाएको विरोधमा स्थानीयले प्रतिरोध स्वरुप सडक बन्द, चक्का जाम, तोडफोड केही नगरी चुनावमा नेताले भोट माग्न आफ्नो प्रचार गर्नका लागि टाँगिने पोस्टरजस्तै शैली अपनाएर ठेकेदार अधिकारीको तस्बिर टाँसेका हुन् ।
भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म स्थानीयले ठेकेदार अधिकारीको फोटो विजुलीको पोल, रुख र सवारी साधनमा टाँसेका हुन । कतिपयले अधिकारीको तस्वीरमाथि माथि कुकुर, बाँदरलगायत जनावरका फोटो राखेका छन् । अधिकारीले ठेक्का लिएका हरेक जसो सडको हालत यस्तै छ । दुइ वर्ष भित्र बनाइसक्ने भनेर ठेक्का लिएको यो सडक निर्माणको म्याद मंसिरमा सकिँदैछ ।
तर, ठेकेदार र परियोजनाका कर्मचारीको मिलेमतोमा यो सडकको निर्माण गर्ने समयअवधि तीन पटक थप गरिएको छ । करिव ३५ करोडको लागत रहेको सो सडक निर्माणमा ढिलासुस्र्ती गर्ने अधिकारीले ठेक्काबापतको रक मभने ५० प्रतिशत वढी लगिसकेका छन् । गाइजात्रादेखि हाँस्य व्यग्य र तिहारमा समेत घरबेटी भन्दै अधिकारीसँग सत्रारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नामा जोडिने गरेको छ । तर उनी चुपचाप छन् ।
अधिकारीले ठेक्का लिएको चावहिल बौद्ध र साँखु सडकको हालत पनि त्यस्तै छ । त्यहाँ स्थानीय वासिन्दाले बारम्बार सडक अवरोध गर्दै आएका छन् । अधिकारीले ठेक्का लिएको कलंकी नागढुंगा सडक बिस्तारको काम समेत अलपत्र परेको छ ।
विरोधको यो शैलीको नक्कल शनिबार दोलखाका स्थानीयले अपनाउँदै सिन्धुपाल्चोक हुँदै दोलखा जाने सडकखण्ड मुडेदेखि चरिकोटको काम समयमा नसक्ने ठेकेदारको पोस्टर टाँसेर हरेक सवारी साधनमा टाँसेसर स्थानीय विरोध जनाएका छन् । मुडे चरिकोट सडकखण्डका ठेकेदार शंकरमाली निर्माण सेवाका प्रोप्राइटर दीपक सापकोटा मै हु भन्ने पोस्टर बनाएर सडक र सवारी साधनमा स्थानीयले टाँसेका हुन् ।
विगत चार वर्षदेखि सडकको काम नगरेर अलपत्र पारेको हुनाले उनीहरूले विरोधको नयाँ शैली अपनाएका हुन । दुई वर्षमा निर्माण सक्ने सम्झौताअनुसार ठेक्का लिएपछि ४ वर्षमा पनि सम्पन्न नगर्दा दोलाखाका स्थानीयले पोस्टर टाँसेर विरोध गरेका हुन् । ठेकेदार सापकोटाले २०७२ सालमा दुई वर्षमा सक्नेगरि मुडेदेखि चरिकोट सडकखण्डको जिम्मा लिएको थिए ।
करिब ३० किलोमिटर सडक दुई लेन बनाएर कालोपत्रे गर्ने जिम्मा सो निर्माण कम्पनीले लिएको थियो । सम्झौता मिति सकेर थप गरिएको सयम सकिएको करिब २ वर्ष पुग्न लाग्दासमेत सडक निर्माणको काम सकिएको छैन। अहिले सो सडकखण्डको काम करिब ६० प्रतिशत सकिएको निर्माण कम्पनीले जनाएको छ ।
यसअघि एक सय वढी स्थानमा पुल निर्माणको ठेक्का पाएका पप्पु कन्स्ट्रक्सनका संचालक हरिनारायण प्रसाद रौनियारलाई प्रहरीले खोजिरहेको छ भने उनलाई सांसद पदबाटै निलम्वन गरिएको छ । सरकारले काम नगर्ने ठेकेदारलाई पक्राउ गरी कानून िकारबाही गर्ने घोषणा गरे पनि निर्माण व्यवसायी महासंघको दबाब र आग्रहमा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ पछि हटेका थिए ।
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...