उप निर्वाचनको परिणामले नेकपालाई धक्का – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

उप निर्वाचनको परिणामले नेकपालाई धक्का

काठमाडौं । सरकारको अलोकप्रियता र ढिलासुस्ती र भ्रष्टाचारलाई संरक्षण गर्ने नीतिका कारण शनिबार प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य तीन र स्थानीय तह गरी ५२ जनप्रतिनिधिको लागि भएको निर्वाचनले सत्तारुढ दललाई गम्भिर धक्का लागेको छ ।

जसका कारण सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिन्तित समेत बनाएको छ । मत परिणामले सत्तारुढ दल नेकपा र त्यसमा पनि पूर्वमाओवादीका उम्मेदवारलाई धुलो चटाउने काम भएको छ ।

भक्तपुर क्षेत्र नं १ को ‘क’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा नेकपाले उम्मेदवार बनाएका पूर्वमाओवादी नेता डीपी ढकाल पराजित भएपछि दाहालले आफूलाई ठूलो धक्का पुगेको महसुस गरेका छन् । ढकाल तत्कालिन अर्थमन्त्री तथा हालका उर्जा मन्त्री वर्षमान पुनका स्वकिय सचिव थिए । २०७४ को निर्वाचनमा विजयी भएका तत्कालिन एमालेका उम्मेदवार हरिशरण लामिछानेको निधन भएपछि सो क्षेत्रमा ढकाललाई उम्मेदवार बनाइएको थियो ।

उपनिर्वाचन हुने भक्तपुरको २ ‘क’को भक्तपुरको खरिपाटीदेखि पर्यटकिय नगरी नगरकोट जाने बाटो समेत यही निर्वाचन क्षेत्रमा पर्छ । पाँच वर्षदेखि सो सडक नबनाई धुलाम्मे बनाएको भन्दै स्थानीयवासीले सडकको ठेक्का पाएका शैलुङ कन्ष्ट्रक्सनका प्रोपाइटर शारदाप्रसाद अधिकारीको फोटो सडकको पोल, भित्ता र सवारी साधनमा टाँसेका थिए ।

सो सडकको ठेक्का पाएर पनि बाटो नबनाउने अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी पनि हुन् । पूर्वमाओवादी नेता तथा नेकपा अध्यक्ष दाहालकै जोडवलमा प्रदेशसभा सदस्यको टिकट पाएका ढकाललाई निर्वाचनमा उम्मेदवार बनाउनुनै घातक भएको पूर्वएमाले नेताहरुको दाबी छ ।

कुन दलले कहाँ जिते ?
निर्वाचन आयोगकाअनुसार ५२ जनप्रतिनिधिको लागि भएको निर्वाचनमा कांग्रेसले एक जना प्रदेश सभा सदस्यसहित ११ जना वडाध्यक्षलाई जिताउन सफल भएको छ । सत्तारुढ नेकपाले २२ वडाध्यक्षमा विजय हासिल गरेको छ ।

समाजवादी र राजपाले भने तीन÷तीन वडाध्यक्षमा चित्त बुझाएका छन् । प्रतिनिधिसभातर्फको कास्की क्षेत्र नं २, प्रदेश सभा सदस्यको दुइ स्थान बागलुङ र दाङ तथा स्थानीय तहको पाँच स्थान धरानको मेयर, खार्पुनाथको उपाध्यक्ष, धरान ७, बलवा ८, ऐरावति १ र २ वडाको वडाध्यक्षको नतिजा यो समाचार तयार पार्दासम्म आउन बाँकीनै थियो । प्रदेशसभातर्फ भक्तपुर १ को ‘क’ मा कांग्रेसका कृष्णालाल भँडेल २२ सय ४३ मतान्तरले विजयी भइसकेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित हुनेहरुः पाँचथरको फिदिम नगरपालिका– १ को वडाध्यक्षमा गजाधर भट्टराई, संखुवासभाको खाँदवारी– ३ को वाडाध्यक्षमा भरतकुमार घिमिरे, भोजपुरको पौवादुङमा गाउँपालिका– १ को वडाध्यक्षमा जितेन्द्र राई, खोटाङको साकेला गाउँपालिका– ३ को वडाध्यक्षमा शिवकला राई, सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा दिलिप कुमार यादव, रामेछापको उमाकुण्ड गाउँपालिका– ५ को वडाध्यक्षमा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका– ८ को वडाध्यक्षमा केदारनाथ आचार्य, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ को वडाध्यक्षमा देवप्रसाद कोइराला, काठमाडौंको दक्षिणकाली नगरपालिका–३ को वडाध्यक्षमा शिवभक्ति वलामी, लमजुङको सुन्दरबजार नगरपालिका– २ का वडाध्यक्षमा नविन कुमार श्रेष्ठ,बागलुङ बडीगाड गाउँपालिका–२ का वडाध्यक्षमा ढालप्रसाद शेरचन, नवलपरासी (पूर्व) बौदीकाली गाउँपालिका–५ का वडाध्यक्ष खिमबहादुर थापा खरु मगर, गुल्मीको रुरुक्षेत्र गाउँपालिका– ६ को वडाध्यक्षमा गिरीप्रसाद सिंजाली, प्युठानको प्युठान नगरपालिका–२ को वडाध्यक्षमा मुक्ति पोख्रेल, रोल्पाको थवाङ गाउँपालिका–१ को वडाध्यक्षमा जनकबहादुर बुढामगर, वाँके कोहलपुर नगरपालिका–६ को वडाध्यक्षमा रामशरण थारु, सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्षमा धर्मे बुढाथोकी, बाजुरा त्रिवेणी नगरपालिका– १ को वडाध्यक्षमा मन राजे बुढा, अछामको मेल्लेख गाउँपालिका–५ को वडाध्यक्ष रमेश बहादुर खड्का, डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्षमा रामबहादुर बोहोरा, कञ्चनपुरको पुनर्वास नगरपालिका–३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ्ग, बैतडीको पुर्चौडी गाउँपालिका–४ को वडाध्यक्षमा शैलेन्द्र धानुक र हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षमा नेकपाकी रुपा शाही विजयी भएकी छन् । उनले कँग्रेसकी तारा शाहीलाई ६९ मतले पराजित गरेकी छन् । त्यस्तै संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा तेजबहादुर पोख्रेल विजयी भएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट निर्वाचितहरु
पाँचथरको हिलिहाङ गाउँपालिका – ७ को वडाध्यक्षमा तिलविक्रम इधिङ्गो, मोरङको धनपालथान गाउृँपालिका – २ को वडाध्यक्षमा नारायणप्रसाद साह, महोत्तरीको वलवा नगरपालिका–२ को वडाध्यक्षमा विपिन पंजियार सुडी, रौतहटको गढीमाइ नगरपालिका– २ को वडाध्यक्षमा दीपेन्द्र श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षमा अमृतराज हमाल, चितवनको खैरहनी नगरपालिका–४ को वडाध्यक्षमा देवबहादुर बस्नेत, चितवनको खैरहनी नगरपालिका–५ को वडाध्यक्षमा प्रतिमा कार्की, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ को वडाध्यक्षमा शोभाकर खनाल, दाङको घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्षमा ताराबहादुर डिसी, बैतडीको सुर्नया गाउँपालिका–१ को वडाध्यक्षमा गजेन्द्रबहादुर चन्द र बैतडीको दोगडाकेदार गाउँपालिका–४ को वडाध्यक्षमा सुरेन्द्र प्रसाद भट्ट निर्वाचित भएका छन् ।

समाजवादी पार्टीका तर्फबाट निर्वाचितहरु
सर्लाहीको हरिपूर्वा नगरपालिका– १ को वडाध्यक्षमा श्यामबाबु राय, बाराको बारागढी गाउँपालिका– १ को वडाध्यक्षमा सुरेश प्रसाद चौधरी र पर्षाको सखुवा प्रसौनी–५ को वडाध्यक्षमा रुपलाल कुमार यादव रहेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचितहरु
सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्षमा प्रमिला देवी यादव, महोत्तरीको मटिहानी नगरपालिका– ६ का वडाध्यक्षमा राम बाबु नयक र कपिलबस्तुको शिवराज नगरपालिका –१० का वडाध्यक्षमा मञ्जु मिश्र रहेका छन् ।

कसले कहाँ खोसे ?
नेपाली कांग्रेसले २०७४ सालको निर्वाचनमा अन्य दलले जितेको स्थानलाई आफ्नो पोल्टामा ल्याउन सफल भएको छ । जस अनुसार भक्तपुर १ को प्रदेश सभा ‘क’ मा कांग्रेसका कृष्णलाल भँडेलले नेकपाबाट खोसेका छन् ।

पाँचथरको हिलिहाङ–७ मा कांग्रेसले नेकपाबाट, मोरङको धनपाल गाउँपालिका २, रौतहटको गढीमाई नगरपालिका २, भरतपुर महानगरपालिका १६, प्युठानको मालारानी ३, बैतडीको पुर्चौडी नगरपालिका ४ र बैतडीको दोकडाकेदार गाउँपालिका वडा नं ४ को वडाध्यक्ष एमाले र समाजवादी तथा राजपाबाट खोसेर आफ्नो पोल्टामा ल्याएको छ । नेकपाले पनि पाँचथरका फिदिम १, अछामको मेल्लेख ५, भोजपुरको पौवाबुदुक १, सप्तरीको कल्याणपुर नगरपालिका १२, कोहलपुर ६ र बाजुराको त्रिवेणी १ को वडाध्यक्ष कांग्रेसबाट खोसेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७६ मंसिर १६, ०७: १५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ मंसिर १६, ०७: १५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ मंसिर १६, ०७: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...