
काठमाडौं । गत साता मंगलबार विहानैदेखि पेट दुखेर फत्र्याक फत्र्याक परेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विहान ११ बजे भित्रै एपेन्डिसाइटिसको उपचार नगरेको भए अवस्था निकै गम्भिर हुने थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह पनि निकै गम्भिर थिइन् ।
उनले हतार हतार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीलाई फोन गरेपछि करिव नौं बजे नै महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरमा लगिएको थियो ।
प्रधानमन्त्री ओली असहिय पीडा वाहिर नदेखाउनकै लागि आफ्ना हातका औंला आफ्नै दाँतले टोकेर पीडा कम गर्ने प्रयास गरिरहेका थिए । स्थिति निकै सन्नाटापूर्ण अवस्थामा पुगेपछि प्रधानमन्त्रीको निजी सचिवालय र श्रीमती राधिका शाक्यले भने बमोजिम उनलाई महाराजगञ्ज लगिएको थियो ।
प्रधानमन्त्री ओलीलाई उनकी निजी चिकित्सक शाह भने आफू कार्यरत निजी क्षेत्रको अस्पताल ग्राण्डी लैजान चाहन्थे । तर, बिहानै बालुवाटार पुगेको सायमीले आफू कार्यरत मनमोहनमै उपचार गर्नु पर्ने सुझाएका थिए । परिवारका सदस्य, चिकित्सक र निजी सचिवालयका सदस्यवीच छलफल चलिरहँदा प्रधानमन्त्री ओलीले भने आफूलाइ मनमोहन वा ग्राण्डी जहाँ लगे पनि हुने बताएका थिए ।
मनमोहन पुर्याएपछि उनलाई करिव एक घण्टामै अपरेसन थिएटर लगिएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाइ पहिले सरकारी अस्पताल महाराजगञ्जस्थित शिक्षण अस्पताल लैजाने कि भन्ने प्रस्ताव पनि आएको थियो । तर प्रधानमन्त्री ओलीको विगत २५ वर्षदेखि स्वास्थ्य परिक्षण गर्दै आएका डा. सायमीले शिक्षण अस्पतालको भर आफूलाई नलागेको भन्दै असहमति जनाएपछि मनमोहन लगिएको थियो ।
एपेण्डिसाइटको उपचारपछि पनि करिव चार घण्टासम्म होस नआएपछि डा. सायमी र डा. शाह निकै चिन्तित देखिएका थिए । अन्य चिकित्सक र नर्सहरुरु समेत डा. शाह र सायमी हात्तिएको देखेर छक्क परेका थिए । अपरेसन गरेको करिव चार घण्टासम्म पनि प्रधानमन्त्रीको होस नआएपछि डा. सायमी झन तनावमा थिए । तर जव ४ बजे प्रधानमन्त्रीको शल्यक्रियामा संलग्न चिकित्सक प्रा.डा. रमेश सिंह भण्डारी र आईसीयुका प्रमुख प्रा.डा.सुवास आचार्यले फोन गरेर प्रधानमन्त्रीको होस खुलेको जनाए तबसम्म सायमीले सन्तोष व्यक्त गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई स्वास्थ्यका अतिरिक्त, नीजि, राजनीतिक र प्रशासनिक सल्लाह समेत दिने गरेका सायमीले नै प्रधानमन्त्री भेट्न आउने राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधवार भेट गर्न समेत दिएका थिएनन् ।
मिर्गौलाका विरामीलाई इन्फेक्सन हुन नदिनु नै पहिलो र महत्वपूर्ण उपचार भएको दाबी गर्ने सायमीले केपी ओली सरकारको प्रधानमन्त्री भए पनि अस्पतालमा आएपछि विरामी भएको जनाउँदै सायमीले विहीबार मात्र समय दिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीसँग करिव १५ मिनेट कुराकानी गरी उपचारमा संलग्न चिकित्सकसँग थप छलफल र सल्लाह गरेकी थिइन् ।
सायमीकै निगरानीमा उपचार गराई रहेका ओलीलाई राखिएको वार्डमा एक बच्चाको ज्यान गएपछि विहीबार उनलाई वार्ड खाली गराएर शिक्षण अस्पतालमा सार्ने कि भन्ने प्रस्ताव आएको थियो । तर, सायमीले नै टिचिङ अस्पतालको नेतृत्व, व्यवस्थापन र चिकित्सकको टोलीप्रति विश्वास नभएको भन्दै त्यहीँ राख्ने अड्डी लिएका थिए ।
सायमीकै सल्लाहमा उनको चाँडै मिर्गौलाको सल्यक्रिया हुने भएको छ । त्यसको लागि प्रधानमन्त्री पत्नी राधिका शाक्य र चिकित्सक सायमीले सल्लाह गरिसकेका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको लागि उनका भाञ्जा भाञ्जीले मिर्गौला दिने भएका छन् ।
त्यसका लागि आगामी पुस महिना भित्रमा उनलाई मिर्गौला पत्यारोपणको लागि सिंगापुर र अमेरिकामध्ये एउटा अस्पताल लगिने र त्यहीँ प्रधानमन्त्री ओलीको मिर्गौला पत्यारोपण गरिने भएको छ । संयुक्त राज्य अमेरिकामा बस्दै आएका ओलीका भाञ्जा र नेपालमै रहेकी भाञ्जीले मिर्गौला दिने तयारी भएको सुत्रको दाबी छ ।
एपेन्डिसाइटिसको अपरेसनपछि अस्पतालमा आराम गरिरहेका ओली निवास फर्किएपछि करिव तीन हप्ता आराम गर्ने भएका छन् । स्रोतका अनुसार मर्गौला प्रत्यारोपणको लागि खर्च गर्न डोनर र मिर्गौला दिन एक जना भाञ्जा र एक जना भाञ्जी तयार भएका छन् ।
रेगुलर हेमो डायलसिस गर्ने वेला नआए पनि राम्रै हुन्छ भनेर एक महिनामा चार पटक डायलसिस गरिएको चिकित्सकहरुले वताएका छन् । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले डायलसिसको दुनियाँभरको कम्प्लीकेसन हुने भन्दै कहिले फोक्सोमा पानी जम्ने, मसल कन्ट्राक्सन हुने, दृष्टि गुम्न सक्ने भएकाले प्रधानमन्त्रीको उपचारको आफ्नै देशमा गर्नु पर्छ भन्ने नभएको बताए ।
उनले संसारको वेष्ट ठाउँमा पनि किड्नी ट्रान्सप्लान्ट गर्ने कुरा सजिलो नभएको भन्दै हर्टले काम गरेको ओलीलाई शल्यक्रिया गरी मिर्गौला प्रत्यारोपण गर्न केही सहज पनि देखिन्छ ।
गत असोज २० गते नवमीको दिन झापाको दमकमा आयोजित विजयादशमीको शुभकामना आदान प्रदान कार्यक्रममा निकै व्यस्त भएको र फूलमाला खादा ग्रहण गर्दा र धेरे भिँडमा रहँदा इम्फेक्सन हुने डरले सोही दिन काठमाडौं फर्काइएको थियो ।
बुवा मोहन प्रसादसँगै दशमीको दिन काठमाडौंमा दशैं मनाउने प्रधानमन्त्रीको योजना थियो । तर बुवा मोहन प्रसाद दशमीको दिन विहान मात्र भद्रपुर विमानस्थलबाट काठमाडौं आएका थिए । विजया दशमीको दिन बालुवाटारमा धेरैलाई टिका लगाउँदा पनि डा. सायमीले प्रधानमन्त्री ओलीसँग गुनासो गरेका थिए ।
ओलीलाई सायमी र श्रीमती राधिकाले समेत सम्झाएका थिए । तर हठी स्वभावका ओलीले भिँडभाँडमा बस्ने र धपेडी बढी गरेको भन्दै निजी चिकित्सक शाहलै पनि गुनासो गरेकी थिइन । दशैंको बेलादेखि प्रधानमन्त्री ओलीलाई इम्फेक्सन भएको सायमीको अनुमान छ ।
मिर्गौला ट्रान्सप्लान्ट गर्ने विरामीको किड्नी फेलियर भएर ज्यान जाने सम्भावना हुँदैन । इन्फेक्सन र हट अट्याकबाट मात्र मान्छेको ज्यान जान सक्छ । भारतका दुई प्रसिद्ध मन्त्रीहरु शुस्मा स्वराज हट अट्याक भएर र पूर्वमन्त्री अरुण जेट्ली इन्फेक्सन भएर वितेका थिए । दुवै जनालै मिर्गौला प्रत्यारोपण गरेका थिए ।
सायमीले एउटा मान्छे मरेर देश नै चल्दैन भन्ने नभए पनि गाह्रो हुने भन्दै आफ्नै स्पिडमा काम गर्दा मन्त्रीहरुलाइ होम टास्क दिए पनि काम नगरेको भन्दै गुनासो गरेका थिए । सायमीले काम नगर्ने मन्त्री र पीए अनि सल्लाहकारलाई फायर गर्न सुझाव दिएका थिए ।
उनले स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेपलामा डेंगु चलिरहेको बेला संसार घुमीरहेको भन्दै दुई तिहाईको सरकारले चाहेको काम गर्न नसक्ने हो भने किन राखेको बरु चेन्ज गर्नुहोस भनेर सुझाव दिएको दुई सातापछि नै होली आफ्ना केही पीए, सल्लाहकार र मन्त्रीहरुलाई हटाएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सकसँग एपेन्डिक्स किड्नी प्रत्यारोपण गर्दा नै निकाल्नु पर्ने होइन र ? भनेर प्रश्न गरेकी थिइन । सर्जनहरुले अहिले अवस्था त्यस्तो छैन भनेर जवाफ दिएका थिए । चिकित्सकसँग राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँ (ओली) को हठी र जिद्धी नेचर भएको जनाउँदै एक पटक विरामी हुँदा पनि उहाँ (भण्डारी) र विष्णु पौडेलले हातै सामाएर तान्नु परेको बताएका थिए ।
हाल आइसीयुमै उपचारको क्रममा रहेका ओलीलाई झोल पदार्थ थोरै खुवाउने, अण्डाको सेतो भाग खान दिने, किताव पढ्ेर सुनाउने र म्युजिक सुनाउने काम भइरहेको छ । यस्ता सबै काम हाल प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले गरिरहेकी छन् । ओलीले वेला बेला मोवाईल चलाउने गरेको र विहान पत्रिका पढेर सुनाउने गरिएको छ ।
शनिबार ३७ जिल्लाको ५१ स्थानमा उपनिर्वाचन चलिरहँदा विहान पत्रिका पढेको सुनेका ओली दिउँसो भरी संगित र अरुले किताव बढेको सुन्ने गरेका छन् । आइसीयू कक्षमै रहँदा एक वालकको निधन भएपछि ओलीलाई शिक्षण अस्पताल सार्ने सम्मको सल्लाह भएको थियो । विहीबार भएको त्यस्तो छलफलपछि प्रधानमन्त्री ओली रहेको मनमोहनको पाचौं तलाको वडामा उनलाई मात्र राखेर अन्य विरामीलाइ चार नम्वर फ्लाटको आईसीयूमा सारिएको छ ।
ओलीलाई राखिएको वार्डसँगैको बेडमा बच्चाको निधन के भएर भएको थियो भन्ने कुरा स्पस्ट पारिएको छैन । बुधबार ति बच्चाको निधनबाट प्रधानमन्त्री ओलीलाई पनि मानसिक असर पर्छ कि भन्ने आशंकामा ओलीलाई मात्र राख्न खोजिएको बताइएको छ ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भाई बुहारी अञ्जान घिमिरेसँग समेत प्रधानमन्त्री ओलीले भेट गरिसकेका छन् । अन्जान सासु आमाको उपचारको क्रममा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ रहेकी छन् ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...