भिजिट नेपाल सफल बनाउन भारतको विरोध गर्ने की सद्भाव देखाउने ? – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

भिजिट नेपाल सफल बनाउन भारतको विरोध गर्ने की सद्भाव देखाउने ?

काठमाडौं । सरकारले आगामी वर्ष सन् २०२० लाई भिजिट नेपालको रुपमा मनाउने घोषणा गरेको छ । भिजिट नेपाललाई सफल बनाउन मित्रराष्ट्रहरुसँगको सम्वन्ध सुमधुर बनाउने कि विगार्ने भन्ने विषयमा सरकारले ध्यान नदिएको कुटनीतिक क्षेत्रका ज्ञाताहरुले बताउन थालेका छन् ।

नेपालले भिजिट नेपाल सफल बनाउन सबैभन्दा सजिलो र उत्तम उपाय भनेकै छिमेकी देश भारत र चीनसँगको सुमधुर र न्यानो सम्वन्ध नै हो । तर पछिल्ला केही दिनमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको विषयलाई लिएर सरकार र सत्तापक्ष तथा विपक्षी दलले छिमेकी देशलाई गालि गरेर राष्ट्रवादी भावना देखाउन खोजेका छन् । भारतसँगको सीमा बिबाद ९८ प्रतिशत सुल्झिएको र वाँकी २ प्रतिशत बिबाद समाधानको लागि प्राविधिक र कुटनीतिक पहल गर्नु पर्ने देखिन्छ ।

तर सरकार र राजनीतिक दलले आफुलाई कथित राष्ट्रवादी देखिन कार्यकर्ताको काँधमा बन्दुक पड्काइ रहेका छन् । हरेक समस्याको शान्तिपूर्ण समाधान खोज्न छाडेर आफ्नो राजनीतिक अभिष्ट र स्वार्थ पुरा गर्न कार्यकर्तालाई सडक उतारेर कुनै देशप्रति घृणा फैल्याउनु किमार्थ राम्रो होइन । सीमाको बिबाद समाधान गर्न, संवाद र सहमति नै हो । तर, सरकार संवाद र सहमति भन्दा हल्लाको भिँडमा रमाई रहेको देखिन्छ । सरकारले वार्ता गरी समस्या समाधानको लागि पहल गर्नु जरुरी छ ।

दुई देशवीचको सांस्कृतिक, धार्मिक, शैक्षिक, व्यापारिक र पारिवारिक सम्वन्ध समेत रहेको सम्वन्धलाई विग्रन नदिए मात्र एक अर्ब बढी जनसख्या भएको भारतबाट एक प्रतिशत अर्थात एक करोड भारतीय नेपाल आए भने नेपालको पहिचान मात्र होइन, पर्यटन व्यवसाय फस्टाउने निश्चित छ ।

यस्तै व्यवहार सरकारले अर्को छिमेकी देश चीनसँग पनि राख्नु पर्छ । चीन पनि एक अर्व बढी जनसख्या भएको हाम्रो छिमेकी देश हो । यि दुई देशबाट मात्र पनि पर्यटक हामीले भित्र्याउन सकेमा नेपालले आर्थिक र दीगो विकासको लक्ष्य प्राप्त गर्ने र सरकारले राखेको सुखी नेपाली समृत नेपालको सपना पुरा हुन सक्छ । तर लाखौं नेपाली भाषी र नेपाली नागरिकले पेशा व्यवसाय गरेर नाम, दाम र प्रतिष्ठा कमाएकामाथि नकारात्मक असर पर्न पनि सक्छ ।

कृषि, पशुपालन, औद्योगिक उत्पान, व्यापार र सांस्कृतिक पहिचान तथा सांस्कृतिक पर्यटनमा अब्बल मानिएको भारतसँगको हाम्रो सम्वन्ध युगौंदेखिको शैक्षिक पनि हो । सांस्कृतिक र भाषिक रुपमा भारतीय नागरिकहरु नेपाली नागरिकसँग नजिक छन ।

त्यसैले भिजिट नेपाल २०२० लाई स्वागत गर्नको लागि सम्पन्न गराउन राष्ट्रिय हितलाई सर्वोपरी ठान्ने हो भने भारत र चीनबाट पर्यटकहरु भित्र्याउने अभियानमा सरकार लाग्नु पर्छ । न कि छिमेकी देशलाई गाली गरेर, हल्ला गरेर भन्दा शान्त कुटनीतिक पहलकदमी गरे उत्तम देखिन्छ ।

सम्बन्धित समाचार

सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
  • २०७६ मंसिर २४, ०८: २०

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०७६ मंसिर २४, ०८: २०

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७६ मंसिर २४, ०८: २०

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...