जागरण अभियान दुई महिना पछि सारिने – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

जागरण अभियान दुई महिना पछि सारिने

स्थानीय तहको समायोजन खोइ ?

काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस १६ गतेबाट शुरु गर्ने भनिएको राष्ट्रिय जागरण अभियानको तेश्रो चरणको कार्यक्रम करिव दुई महिनापछि सर्ने भएको छ ।

२०७२ साल फागुनमा भएको १३ औं महाधिवेशनले पार्टीको सांगठानिक संरचना पुरानै संविधान अनुसार बनाएका कारण नयाँ संरचना अनुसार सांगठानिक संरचनालाई निर्माण गर्न नसक्दा पार्टीका हरेक काममा वाधा हुँदै आएको छ ।

चार वर्षअघि संघीय संरचना मुलुक गए पनि कांग्रेसले सोही संरचना अनुसार संगठन बनाएको छैन । त्यसको लागि कांग्रेसले स्थानीय तह, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय संसद निर्वाचन क्षेत्र, नगर वा गाउँपालिका वडा र मतदान केन्द्र समिति बनाउने गरी विधान तयार गरेको छ । तर, विधान अनुसार कुनै पनि संरचना तयार नहुँदा कांग्रेस समस्यामा परेको हो ।

पार्टी केन्द्रीय कार्य समितिले कात्तिक मसान्त भित्रमा सबै स्थानीय तहका सवै सांगठानिक संरचनालाई पूर्णता दिन निर्देशन दिएको थियो । पार्टी केन्द्रको निर्देशन बमोजिम हरेक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । स्थानीय तहको तदर्थ समिति गठन गर्न दिएको निर्देशन कार्यान्वयन भए वा नभएको विषयमा पार्टी केन्द्रले अनुगमन र थप निर्देशन दिन नसक्दा तल्लो तहका संगठनले काम गर्न सकेका छैन ।

पहिलो चरणको जागरण अभियान मुलुका सबै स्थानीय तहमा गत बैशाख २५ देखि जेठ २५ गतेसम्म भएको थियो । दोश्रो चरणको जागरण अभियान भदौ २४ देखि सात असोजसम्म भएको थियो ।

अभियानको क्रममा स्थानीय नेता र कार्यकर्ताको सुझाव बमोजिम पार्टीका सबै तहको सांगठानिक संरचना निर्माण गर्ने र भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय केन्द्रीय कार्य समिति बैठकले समेत गरेको थियो । केन्द्रीय कार्य समितिको बैठकको निर्णय बकोजिम कार्यान्वयन हुन नसकेपछि आगामी पुस १६ देखि एक हप्तालको लागि गर्ने भनिएको जागरण अभियान फागुन ७ गते गर्ने निश्चित भएको कांग्रेसका एक नेताले वताए ।

जागरण अभियान संचालन गर्नु पूर्व नै अर्थात मंसिरमसान्त भित्रमा पार्टीको क्रियाशिल सदस्यहरुको विवरण अद्यावधिक गर्ने निर्णय समेत कार्यान्वयन भएको छैन । पार्टीको तदर्थ समिति गठनमै कठिनाई भएपछि सदस्यता वितरण र नविकरणको कार्य कांग्रेस नेतृत्वको लागि महाभारत हुने देखिन्छ । पार्टीको गत वर्ष मंसिर २८ गतेदेखि एक हप्तासम्म चलेको महासमिति बैठकले पार्टीको विधानलाई संवैधान बमोजिम संघीय संरचना बमोजिमको बनाएको थियो ।

तर महासमिति बैठकले विधान निर्माण गरेको दुई महिनापछि केन्द्रीय कार्य समितिले कार्यान्वयनमा ल्याएको थियो भने नियमावली निर्माण भएको ६ महिना वितिसक्दा पनि पूर्णता पाएको छैन ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित नियमावली मस्यौदा समितिले नियमावलीलाई अन्तिम रुप दिन नसक्दा पार्टीको कुनै पनि तहको निर्वाचन हुने स्थिति छैन । नियमावली मात्र होइन, पार्टीले १० महिनाअघि भङ्ग भएको नेपाल विद्यार्थी संघ र एक महिनाअघि स्वत विघटन भएको नेपाल तरुण दलको केन्द्रीय कार्यसमिित गठन हुन नसक्दा जागरण अभियानलाई समेत प्रभावित पार्ने देखिन्छ । त्यसैले तत्काल महाधिवेशन हुनबाट टार्ने र उदेश्यले समेत संगठनहरु निश्क्रिय बनाइएको हुन सक्ने असन्तुष्ट नेताको दाबी छ ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७६ मंसिर २४, ०८: २७

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७६ मंसिर २४, ०८: २७

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७६ मंसिर २४, ०८: २७

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...