
काठमाडौं । तत्कालिन माओवादी केन्द्रको तर्फबाट संघीय संसद अन्तरगत प्रतिनिधिसभाको सभामुख भएका कृष्णबहादुर महराले संसदकी महिला कर्मचारीलाई यौन दुब्र्यवहारको आरोप लागेसँगै पदबाट राजिनामा दिएपछि रिक्त रहेको छ ।
सभामुख हुँदा नेकपा माओवादीको तर्फबाट प्रतिनिधित्व गरेका महाराले सभामुखबाट असोज १४ गते राजिनामा दिँदा नेकपाको सदस्यको समेत हैसियत बनाएका थिए । महरा यौन दुव्र्यवहारको अभियोगमा थुनामा परेपछि रिक्त सभामुख पद पाउनका लागि सत्तारुढ नेकपाका पूर्वमाओवादी नेताहरु कम्मर कसेर लागेका छन् ।
तर, पूर्वमाओवादी तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सभामुखमा पूर्वएमालेको तर्फबाट पूर्वसभामुख तथा नेकपा संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् । पूर्वमाओवादीबाट सभामुख बन्न सक्ने योग्यता र क्षमता भएका गिरिराजमणी पोखरेल मन्त्री पद नछाड्ने, मन्त्रिपरिषद्मा नरहेका जनार्दन शर्मा सभामुख हुन नचाहने भएका नेम्वाङको थाप्लोमा सभामुख पद आईपर्ने देखिन्छ ।
माओवादीबाट सभामुख आशा गर्नेहरुमा अग्नीप्रसाद सापकोटा, पम्फा भूषाल, टोपबहादुर रायामाझी, ओनसरी घर्ती लगायतले पर्छन । त्यसमा पनि सापकोटालाई द्वन्द्वकालको घटनामा सत्य निरुपण तथा मेलमिलाप आयोगले तान्न सकने, भूषाल आफ्नो गुटको नभएको, रायामाझी र घर्तीलाई सभामुख बनाउन खोज्दा एकले अर्कोको खुट्टा तान्न सक्ने बुझेर नै प्रचण्डले नेम्वाङलाई सभामुखको अफर गरेका हुन् ।
संसदीय दलका उपनेता समेत रहेको नेम्वाङलाई सभामुख हुन नदिनको लागि पूर्वमाओवादी तथा नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ लागि परेका छन् । गुरुङ र भूषालले आफूहरु सभामुख बन्न नसके महिलालाई सभामुख बनाइनु पर्ने भन्दै वर्तमान उपसभामुख डा. शिवमायाँ तुम्वाहाम्फेको नाम लिइरहेका छन् ।
यता उपसभामुख डा. तुम्वाहाम्फेले समेत आफूलाई सभामुख बनाउनु पर्ने दाबी गर्दै आएकी छन् । उनले आफू मन्त्री पद पाउनको लागि सभामुखको दाबी नगरेको भन्दै आफ्नो योग्ता र क्षमताको संसदमार्फत परिक्षण हुने अवसर उपलब्ध गराउन भनिसकेकी छन् ।
उता नेम्वाङले आफूलाई सभामुख बनाउनको लागि प्रचण्डलाई खुसी पार्ने अभियान पनि थालेका छन् । प्रचण्डले समेत पूर्वमाओवादी र पूर्वएमालेको नाममा अवसर दिन थालेमा पार्टी भावनात्मक रुपमा एक हुन नसक्ने भन्दै योग्यता र क्षमताको आधारमा अवसर दिने वताउँदै आएका छन् ।
यस्तै कार्यकारी अध्यक्षको भूमिकामा रहेका दाहालले उपसभामुखमा सत्तासाझेदार दल समाजवादी पार्टीलाई अवसर नदिइ पुराना बामपन्थी नेता मोहन विक्रम सिंहको पार्टी राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गर्ने एक मात्र सांसद तथा सिंहकी कान्छी पत्नी सांसद दुर्गा पौडेललाई दिने सल्लाह गरेका छन् ।
मंसिर १४ गते बागलुङमा भएको प्रदेशसभा निर्वाचनमा समेत नेकपाले राजमोका उम्मेदवारलाई समर्थन गरेको थियो । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले अनेकौं वार्गेनिङ गरी सरकारलाई कमजोर बनाउन लागि परेको भन्दै पुराना नेता सिंहको सम्मानका लागि भए पनि उपसभामुख बनाउन लागिएको स्रोतले जनायो ।
बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...
काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...
काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...