स्वर्ण पदक बिजेजालाई नौं लाख – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

स्वर्ण पदक बिजेजालाई नौं लाख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक बिजेता खेलाडीहरुलाई ९ लाख रुपैयाँ, रजत पदक विजेतालाई ६ लाख रुपैयाँ र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

उनले दुई भन्दा बढी स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाखका दरले पुरस्कार दिने घोषणा गरेका हुन् । समूह इभेन्टमा स्वर्ण पदक विजेता खेलाडीलाई पाँच पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ ।

तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)मा नेपाली खेलाडीहरुको प्रदर्शन असाधारण रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालले यसअघि हासिल गरेका उपलब्धिमा तेह्रौं सागमा रेकर्ड तोडेकोमा खेलाडीहरुलाई वधाई दिएका थिए । तेह्रौं सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार निम्त्याएर प्रधानमन्त्री ओलीले खेलकूदमा राष्ट्रले प्राप्त गरेको उपलब्धीप्रति प्रसन्नता व्यक्त गरेका हुन् ।

५० वटा खेलमा सामेल हुने हैसियत नभएका ठाउँबाट देशलाई ५१ वटा स्वर्ण पदक पाएको भन्दै प्रधानमन्त्री ओलीले चौधौं सागमा अहिलेका सबै जितको रेकर्ड तोड्नेगरी अघि बढ्न पनि खेलाडीहरुलाई आह्वान गरेका थिए ।

खेल क्षेत्रमा नेपालले इतिहासको रेकर्ड तोडेको र अव थप गतिका साथ अघि बढ्न खेलाडीलाई हौसाएका प्रधानमन्त्री ओलीले १३ सागमा चार वटा स्वर्ण पदक विजेता गौरिका सिंहलाई आफू पनि कुनै बेला स्वीमर रहेको बताएका थिए ।

कुनै बेला नेपाली युवाले डल्ला फ्याकेकै आधारमा पनि विश्वमा नाम कमाउन सकेको भनेर अभिव्यक्ति दिँदा चर्चा र आलोचनामा परेका प्रधानमन्त्री ओलीले खेलको व्यवस्थापनको कुनै गुनासो नगरी उपलब्धी मात्र हासिल गरेको विषयमा चर्चा गरेका थिए ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७६ मंसिर ३०, ०६: २३

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७६ मंसिर ३०, ०६: २३

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७६ मंसिर ३०, ०६: २३

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...