सुरुङ् र पुलबाहेक फास्ट ट्रयाकको काम ८० प्रतिशत सम्पन्न – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

सुरुङ् र पुलबाहेक फास्ट ट्रयाकको काम ८० प्रतिशत सम्पन्न

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको काठमाडौं–तराई मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणको कार्यलाई नेपाली सेनाले उदाहरणीयरुपमा अघि बढाएको छ । तराईलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो बाटो निर्माणको जिम्मा नेपाली सेनाले पाएको हो ।

तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल बैशाखमा आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाको द्रूतमार्ग आयोजना कार्यान्वयन तथा अपरेशन महाशाखाका अनुसार आयोजनाको सुरुङ र पुलबाहेकको निर्माण प्रगति ८० प्रतिशत पुगेको छ ।

विभिन्न १० स्थानमा वेसक्याम्प खडा गरेर नेपाली सेना आयोजना निर्माणको काममा खटिएको छ । आगामी असारसम्म सडकतर्फको सबै काम सम्पन्न गर्ने लक्ष्य रहेको पहाडीले बताए । चालू आर्थिक वर्षको अन्त्यसम्म सडक निर्माणको काम सक्नेगरी विभिन्न ३० प्याकेजमा सेनाले काम गरिरहेको छ ।

कालोपत्र गर्ने तहको सडक निर्माण सम्पन्न भएसँगै सुरुङ र पुल निर्माणका लागि निर्माण व्यवसायी परिचालन गर्ने लक्ष्य सेनाले राखेको छ । डोजर र एक्साभेटरले दिनरात सडक खन्ने, सम्याउने, काट्ने काम गरिरहेका छन् । दिनमा हुने काम दिनमा र रातको समयमा समेत गर्न मिल्ने काम राति भइरहेको छ ।

सेनाले अहिले सुरुङ र पुल बनाउनलाई आवश्यक प्रक्रिया पनि अघि बढाएको छ । आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा फास्ट ट्रयाकका लागि तीन वटा सुरुङ तयार गरिने उल्लेख छ । यसअनुसार, महादेवडाँडा, धेद्रेमा र लेनडाँडामा सुरुङ निर्माण गर्ने तयारी छ । सुरुङ मार्ग निर्माणका लागि परामर्शदाता छनोटको प्रक्रिया शुरु भइसकेको छ ।

यसमा अन्तर्राष्ट्रियस्तरका कूल ६ वटा संस्थाले आशयपत्र पेश गरेका छन । आगामी फागुनसम्म परामर्श दाता टुंगो लगाएर पुल र सुरुङका लागि निर्माण व्यवसायी छनोट गर्ने प्रक्रिया अगाडि बढाइने सेनाले जनाएको छ । कूल ७२ दशमलव ५ किलोमिटर लामो द्रूतमार्गमा पहिले ९६ वटा पुल निर्माण हुने भनिए पनि स्वीकृत डिपिआरमा ८६ पुल निर्माण हुने छ ।

चार लेनको सडकमा समथर भू–भागमा २७ मिटर चौडाइ र अरू ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीनवटा सुरुङको लम्बाइ ६ दशमलव ४१ किलोमिटर र पुलको लम्बाइ १० दशमलव ५९ किलोमिटर हुनेछ । चुनौतीपूर्ण देखिएका ठूला १६ पुलको निर्माण पुस २०७७ मा शुरु गर्नेछ भने ती बाहेकका अरू पुलको निर्माण आगामी भदौदेखि नै शुरु गर्ने बताइएको छ ।

आयोजनामा पुल र सुरुङबाहेकको खण्डमा ५५ दशमलव ५ किलोमिटर हुनेछ । त्यसमध्ये कूल ३१ किलोमिटरको काम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७६ पुष १, ०७: ५३

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७६ पुष १, ०७: ५३

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७६ पुष १, ०७: ५३

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...