प्रधानमन्त्रीको ट्वीटले दुनियाँ हसायो – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

प्रधानमन्त्रीको ट्वीटले दुनियाँ हसायो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय कतिसम्म गैरजिम्मेवार र लापरवाही ढंगले चल्दो रहेछ भन्ने उदाहरण शुक्रबार प्रधानमन्त्री आधिकारिक ट्विटर ह्यान्डेलबाट ट्विट भएको व्यहोराले देखाएको छ ।

ट्वीटरलाई सूचना र सन्देश प्रवाहका दृष्टिले प्रभावकारी माध्यमको रुपमा लिने गरिन्छ । तर, यसको प्रयोग अधुनिक साधनको रुपमा मात्र लिने गर्दा मुलुकको प्रधानमन्त्रीको सचिवालय कति हदसम्म कमजोर रहेछ भन्ने प्रष्ट हुन्छ । प्रधानमन्त्रीको सचिवालयमा रहेका व्यक्तिले प्रधानमन्त्रीको आईडी दुरुपयोग गरी भारतीय प्रतिपक्ष दलले जारी गरेको भिडियो सन्देश रिट्विट गरेको थियो ।

प्रधानमन्त्रीले र प्रधानमन्त्री कार्यालयले प्रयोग गर्ने संचारका प्रविधिहरु सुरक्षीत रहेको दाबी गर्दै आएको प्रधानमन्त्रीको अभिव्यक्तिलाई समेत चुनौति दिएको छ । सो घटनाको विषयलाई लिएर आज प्रहरीले अनुसन्धान गर्न थालेको छ । प्रधानमन्त्रीको ट्विटरबाट भारतले हालै जारी गरेको नागरिकता कानुनको विरोधमा भातीय कांग्रेसकी नेतृ सोनिया गान्धीको भिडियोसहितको सन्देश रिट्विट भएको छ ।

प्रधानमन्त्रीले यस्तो व्यहारो रिट्विट गरेपछि उनको सर्वत्र आलोचना भएको थियो । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरको पासवर्डको दुरूपयोग गरि यस्तो गरिएको हुनसक्ने आशंकामा छानबिन भइरहेको दाबी गरेका छन् । प्रेस सल्लाहार थापाले प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट भएको रिट्विटबारे अनुसन्धान गर्नका लागि प्रहरीमा रिपोर्ट पठाइएको जनाएका छन् ।

प्रधानमन्त्रीले गरेको रिट्विटपछि आन्दोलनले तरंगित भएको भारतमा पनि चर्चा भएको थियो । नागरिकता कानुनलाई लिएर सोनिया गान्धीले बोलेको भिडियोसम्बन्धी ट्वीट ओलीको ह्याण्डलबाट रिट्वीट भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्रीको ट्विटरको पासवर्ड लिएका प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको असावधानी र हेलचेक्र्याँइबाट यस्तो भएको हुनसक्ने आंकलन गरिएको छ । यस्तो घटनाको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले नैतिक जिम्मेवारी लिनु पर्छ । प्रधानमन्त्रीले के विषयमा ट्विट गर्न खोजेका थिए भन्ने कुरा अझै पनि सचिवालयले स्पस्ट पारेको छ्रैन् ।

प्रधानमन्त्रीका सूचन प्रविधि विज्ञ अलि अस्गरले समेत प्रधानमन्त्रीको ट्विटरको दुरुपयोग गरेको हुनसक्ने बालुवाटार श्रोतले जनायो । प्रेस सल्लाहकार, सूचना प्रविधि सल्लाहकार र परराष्ट्र सल्लाहकारलाई समेत थाहा नदिइ ट्विट गर्न खोजिएको विषय के थियो भन्ने अझै कसैले वताएको छ्रैन् ।

प्रधानमन्त्रीको टवीटर अकाउन्टको पासवर्ड थाहा पाउने देशद्रोही बदमासले नै यस्तो घटीया हर्कत गरेको होला भनेर प्रधानमन्त्री कार्यालयले स्पस्ट भन्न सकेको छैन । सचिवालयका सदस्य वा सहयोगी कसैले त्यो बदमासी गरेको हो भने प्रधानमन्त्रीले तत्काल छानविन गरी त्यसलाई बालुवाटारबाट घोक्रेठयाक लगाउनु पर्छ । मुलुकको कार्यकारी प्रधानमन्त्रीको ट्विटको यस्तो हालत गर्नेहरुले सरकारका गोप्य सूचना कसरी बेचेका होलान भनेर सजिलै अन्दाज गर्न सकिन्छ ।

सम्बन्धित समाचार

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७६ पुष ७, ०७: २०

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
  • २०७६ पुष ७, ०७: २०

काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...

बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
  • २०७६ पुष ७, ०७: २०

काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...