काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई ज्ञापन पत्र सहित औपचारिक रुपमा सुरु भएको ‘प्रेस काउन्सिल नेपाल शुद्घीकरण र पत्रपत्रिका वर्गीकरणका क्रममा भएको भेदभाव विरुद्ध केन्द्रीय संघर्ष समिति’ को आन्दोलन एक महिना नाघेको छ ।
क्रमशः नयाँ चरणमा प्रवेश गर्दै गरेको आन्दोलनका क्रममा काउन्सिलका तर्फबाट एक पटक वार्तामा बोलाए पनि आन्दोलनकारीहरुका औपचारिक प्रस्ताव सुनिसकेपछि ठोस धारणा सार्वजनिक गर्ने काम हालसम्म नभएको भन्दै केन्द्रीय संघर्ष समितिले वक्तव्य जारी गरेको छ ।
यसैक्रममा उपत्यका स्थित पत्रकार महासंघका शाखाहरु र केन्द्रीय संघर्ष समितिको राजधानीमा उपलव्ध सदस्यहरुबीच ०७६ पुस ५ गते संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले अहिलेसम्म गरिएको आन्दोलनको गम्भिर समिक्षा समेत गरेको छ ।
संयुक्त बैठकले आन्दोलनमा उठेका प्रश्न र आन्दोलनकारीहरुका मागलाई एक महिना बितिसक्दा पनि कुनै सुनुवाइ नगरिएका कारण प्रेस काउन्सिलको शुद्धीकरणलाई सर्वपक्षीय वहशमा लैजानुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न राजनीतिक दल, सञ्चार क्षेत्र र सञ्चार माध्यमसंग सम्वन्धित संघ–संस्था तथा विभिन्न पेशागत एवं सामाजिक संघ संगठनहरुसंग अन्तरक्रिया गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाउनका लागि आग्रह गर्ने निर्णय गरेको छ ।
यही क्रममा मुख्य राजनीतिक दलका प्रमुख नेताहरु तथा प्रचार विभाग प्रमुखहरुसंग भेटघाट तथा प्रदेश तथा जिल्ला तहमा समेत अन्तरक्रिया, भेटघाट र छलफल केन्द्रीत गर्ने निर्णय गरेको वक्तव्यमा जनाइएको छ ।
साथै बैठकले आन्दोलनका क्रममा आलोचनात्मक ढंगले उठेका सबै प्रश्नहरुको स्वामित्व आन्दोलनकारीहरुले नै लिने तथा आन्दोलनका क्रममा विभिन्न व्यक्ति तथा संघ संस्थाका प्रतिनिधीहरुले व्यक्त गर्नुभएको अभिव्यक्तिका कारण दिइएको धम्कीको समेत घोर भत्सर्ना गरेको छ ।
सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपाल साझा र सबैको सर्वस्वीकार्य हुनुपर्ने विषयमा आन्दोलनकारी पक्ष स्पष्ट रहेको पनि जनाएको छ । त्यही अनुरुपको व्यहार काउन्सिलको तर्फबाट नभएमा उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् काउन्सिल हुनुपर्ने भन्दै आन्दोलनको संयोजक दीपक पाण्डे, काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, नेपाल पत्रकार महासंघ, ललितपुर शाखाका ज्ञानप्रसाद पौडेल, भक्तपुर शाखाका अध्यक्ष पुष्कर बुढाथोकी लगायत साना तथा स्वरोजगामूलक अखबारहरुले आन्दोलनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै वक्तव्य प्रकाशित गरेका छन् ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...