प्रहरी उपरिक्षक ८ र नायव उपरिक्षक २१ को काज सरुवा – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

प्रहरी उपरिक्षक ८ र नायव उपरिक्षक २१ को काज सरुवा

काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले आठ जना प्रहरी उपरीक्षक (एसपी) र २१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) हरुको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसारर प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा सरुवा गरिएको छ । सर्लाहीका गोपाल चन्द्र भट्टराई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सुरुवा भएका छन् ।

सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा र काभ्रेका जयराज सापकोटालाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा काज सरुवा गरिएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङका राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा तानिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका रविन्द्र रेग्मीको सरुवा जिल्ला प्रहरी कार्यालय धादिङमा भएको छ।

डिएसपीतर्फ साईबर व्यूरो काठमाडौंका यादव ढकाल, महानगरीय प्रहरी वृत्त बालाजुका बाल नरसिंह राणा, महानगरीय प्रहरी वृत्त थानकोटका कुमार विक्रम थापा, महानगरीय प्रहरी परिसर भक्तपुरका रेवतीरमण पोखरेल, महानगरीय प्रहरी वृत्त सातदोबाटोका गौतम मिश्र र प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका शरतकुमार थापा क्षेत्रीको पनि सरुवा भएको छ ।

प्रधान कार्यालय चितवनको प्रहरी प्रमूखमा एसपी दानबहादुर मल्ललाई हटाएर गंगा पन्तलाई पठाएको छ । सरुवामा चितवनको एसपी रहेका दानबहादुर मल्ललाई प्रधान कार्यालय तानिएको छ । तर, मल्लको ठाउँमा प्रहरीले विवादास्पद एसपीलाई पठाएको छ ।

पन्त तिनै प्रहरी अधिकृत हुन्, जसले नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई सामाजिक सञ्जालमा रिप लेखेकी थिइन ।

२०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएको बेला डिएसपी पन्तले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डलाई रिप लेख्दै श्रद्धाञ्जलि दिएकी थिइन् । सामाजिक सञ्जालमा अमितसिंह कार्कीको स्टाटसमा कमेन्ट गर्दै उनले पदीय मर्यादा विपरीतको कमेन्ट गरेकी थिइन् ।

नवराज सिलवाललाई महानिरीक्षक नबनाएर जयबहादुर चन्दलाई बनाएकोप्रति उनको कमेन्ट लक्षित थियो । महानिरीक्षकका लागि तात्कालीन डिआइजी नवराज सिलवालले लविङ गरे पनि तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस सभापति शेरबहादुर चन्दको दवावमा डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार

सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
  • २०७६ पुष ८, ०९: ३५

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।...

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • २०७६ पुष ८, ०९: ३५

काठमाडौं : स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । चिकित्सक...

चिकित्सक संघको आन्दोलनले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामीलाई सास्ती
चिकित्सक संघको आन्दोलनले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामीलाई सास्ती
  • २०७६ पुष ८, ०९: ३५

काठमाडौं : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा...