किसुनजीलाई सम्झिएन कांग्रेसले – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

किसुनजीलाई सम्झिएन कांग्रेसले

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५औं जन्मजयन्तीको दिन समेत पार्टीले औपचारिक कुनै कार्यक्रम आयोजना गरेन । भट्टराईको जन्मजयन्तीको अवसरमा ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रममा भने एक सांगीतिक कार्यक्रम गरी मनाइएको छ ।

\
पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पुस आठ गते बुधबार भट्टराई निवास वाडेगाउँ गएर भट्टराईको शालिकमा माल्यार्पण गरेका थिए ।

भारतबाट आएका प्रसिद्ध सन्त अमरज्योति बाबाको उपस्थितिमा भएको शास्त्रिय संगितको कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवासँगै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपामान श्रेष्ठ, प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु प्रदीप गिरी, दीपकुमार यादव, रमेश लेखक, पूर्वसांसद रामहरि खतिवडा लगायत आश्रम पुगेका थिए ।

आश्रम पुगेका नेताहरु अन्य दिनको भन्दा फरक शैलीको कार्यक्रममा करिव चारघण्टासम्म विताएका थिए । महामन्त्री खड्कासहितका नेता शास्त्रिय संगीतको सुमधुर संगीतमा रमाएका थिए । पूर्वप्रधानमन्त्री भट्टराईलाई सिद्धान्तवादी अध्यात्मिक नेता भएको जनाउँदै देउवाले धेरै ठूलो तपश्या गरेर राजनीतिमा निष्ठाको नजिर स्थापित गरेको बताए ।

कांग्रेसमा किसुनजी जस्ता त्यागी नेताहरु थिए भन्ने करा नयाँ पुस्तालाई शिक्षा दिनु पर्ने खाँचो औंल्याए । एक पटक राजदूतसहित धेरै महिलाको बीचमा आफ्नो बारेमा किसुनजीलाई सोध्दा उहाँले सत्य बोल्दा तपाईहरु रिसाउने र झुट बोल्दा भगवान रिसाउने भन्नु भएको प्रसंग निकालेका थिए ।

भट्टराई कांग्रेसको नेतृत्वमा हुँदा राजनीतिज्ञहरु रामचन्द्र पौडेल, शरतसिंह भण्डारी, नारायण खड्का, बलबहादुर केसी उपस्थित भएनन् । कोइराला परिवारका कोही पनि सदस्यले किसुनजीको जन्मदिनमा सम्झिएनन् । विगतमा भट्टराई आश्रममा सत्तापक्ष र विपक्षी दलका नेता र प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति हुने गरेको थियो । बुधबारको औपचारिक कार्यक्रममा किसुनजीका अनुयायी, सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका अध्यक्ष पीएल सिंह लगायतको उपस्थिति थियो ।

भट्टराइको योगदानलाई चीरस्मरण गराउन ललितपुरको गोदावरी नगरपालिकास्थित वाडेगाउँमा ‘भट्टराई आश्रम’ रहेको छ । जहाँ भट्टराईको जीवनको उत्तरार्धमा सेवीका बनेकी अमिता कपालीले रेखदेख गर्छिन । शन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको अध्यक्ष भने काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंह छन् ।

करिव पाँच रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा साना ठूला टहरा र हल गरी आधा दर्जन भवन पनि छन् । तर त्यही आश्रमको गेटछेउमै रहेको दुई तले सानो घरको तल्लो तलामा रहेको शौचालय छेउमा भने भट्टराईलाई सम्मान स्वरुप प्रदान गरिएको एक सम्मान पत्र देख्न सकिन्छ ।

आश्रममा किसुनजीलाई सम्झिएर भक्तिभाव प्रकट र श्रद्धा दर्शान जाने जो कोही अनुयायी र शुभेच्छुकको मन त्यहीँ कुडिन्छ, जतिखेर शौचालयको छेउमै भट्टराईलाई अर्पित गरिएको एक सम्मान पत्र बेबारिसे भएका देख्छन् । नेपालीको इतिहासमा प्रधानमन्त्री भएर छाता, सुराही र टिनको वाकस बोक्दै प्रधानमन्त्री निवासबाट बहिगर्मन हुने भट्टराईको स्वच्छ क्षविप्रति कसैले औंला समेत उठाएको पाईंदैन ।

भट्टराई नेपालको इतिहासमा पहिलो जननिर्वाचित संस्था संसदको पहिलो सभामुखको पहिचान बनाएका व्यक्ति हुन् । प्रतिनिधिसभाका पूर्वसभामुख दमन नाथ ढुंगाना अध्यक्ष रहेको संसदीय अध्ययन तथा विकास संस्थापनाले भट्टराईलाई अर्पित गरेको यो सम्मान पत्रको दुर्दशा थाहा पाउने भए स्वर्गमा पुगेका किसुनजीले पनि धिक्कार भन्थे भन्न सकिन्न ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०७६ पुष १४, ०७: ३२

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७६ पुष १४, ०७: ३२

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...

इङ्ग्ल्यान्ड सेमिफाइनलमा
इङ्ग्ल्यान्ड सेमिफाइनलमा
  • २०७६ पुष १४, ०७: ३२

काठमाडौं : इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले...