नेपालका शुभचिन्तक राष्ट्रवादी कांग्रेसका नेता त्रिपाठीको निधन – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

नेपालका शुभचिन्तक राष्ट्रवादी कांग्रेसका नेता त्रिपाठीको निधन

काठमाडौं । भारतीय राष्ट्रवादी कांग्रेस पार्टीका महासचिव तथा राज्यसभाका पूर्वसांसद डीपी (देवीप्रसाद) त्रिपाठीको यसै साता ६७ वर्षको उमेरमा निधन भएको छ । भारतीय राजनीतिका समाजवादी चिन्तक एवम् प्रखर वुद्धिजीवी त्रिपाठी नेपालको एउटा सच्चा समर्थक र नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सहयोग र समर्थन गर्ने नेता थिए ।

२०४६ सालको जनआन्दोलनमा भारतका विविध विचारमा आवद्ध राजनीतिक दलका नेताहरुको नैतिक समर्थन जुटाउन पहल गर्ने, नेपालको शान्ति प्रकृया र २०६२÷६३ को जनआन्दोलनमा नैतिक सहयोग र समर्थन त्रिपाठीले गरेका थिए ।

नेपाल, नेपाली जनता र नेपाली लोकतन्त्रका सच्चा समर्थक र सहयोगी स्वर्गीय त्रिपाठीको निधनले नेपालले एक सच्चा समर्थक गुमाएको भन्दै नेपाली कांग्रेसले गहिरो दुख व्यक्त गरेको छ । कांग्रेसको पुस १७ गते बसेको बैठकले पार्टीका घनिष्ट मित्र गुमाएको भन्दै त्रिपाठीको परिवारजन र राष्ट्रवादी कांग्रेस पार्टीप्रति समवेदना प्रकट गरेको छ ।

२०४६ साल माघ ५ देखि ७ गतेसम्म लौहपुरुष गणेशमान सिंहको निवासस्थान चाक्सिवारीमा तत्कालिन नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय भेलामा त्रिपाठीसहित कम्युनिष्ट नेताहरु सुब्रमण्ड्यम, जनता दलका नेता तथा पूर्वप्रधानमन्त्री चन्द्रशेखर र त्रिपाठी सहभागी भएर अन्तराष्ट्रिय समर्थन दिएका थिए ।

त्रिपाठीले गरेको योगदानलाई नेपाल र नेपालको लोकतान्त्रिक आन्दोलनका पक्षधरले सँधै सम्झने गरेका छन् । उनी भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाउँदा समेत त्यसको विरोधमा लागेका थिए । त्रिपाठी नेपाली कांग्रेसका नेता प्रदीप गिरीका नजिकका मित्र पनि हुन् ।

जीवनको पूर्वाद्र्धमा भारतीय कम्युनिष्ट पार्टीमा आवद्ध भएका त्रिपाठी कालान्तरमा भारतीय कांग्रेस पार्टीमा सामेल भएका थिए । निकै तिक्ष्ण र विलक्षण प्रतिभा भएका त्रिपाठीको क्षमता देखेर नै भारतका तत्कालिन प्रधानमन्त्री राजिव गान्धीले त्रिपाठीलाई सचिवालयमा राखेका थिए ।

कांग्रेस आईका प्रभावशाली नेता त्रिपाठी राजिव गान्धिको निधनसँगै अंगिकृत नागरिकता लिएकी सोनिया गान्धिलाई कांग्रेस आईको अध्यक्ष बनाएपछि असन्तुष्ट भएर राष्ट्रवादी भारतीय कांग्रेस गठन गरेका थिए । उनीसँगै शरद पावरले पनि भारती कांग्रेस पार्टी छोडेका थिए ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७६ पुष २१, ०७: १८

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७६ पुष २१, ०७: १८

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७६ पुष २१, ०७: १८

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...