
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको कट्टरविरोधी जस्ता देखिने राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका संयोजक पार्टीमा शक्तिशाली नेताको रुपमा स्थापित हुन थालेका छन् । संसदीय दलको नेतामा महन्थ ठाकुरलाई बिराजमान गराएर पार्टी संगठन कब्जा गर्ने रणनीतिमा अघि बढेका महतो सत्तारुढ दल नेकपाको भने विरोधी हुन् ।
उनी जति नेकपा र नेकपाका नेताको बिरोधी जस्तो देखिन्छन, त्यति नै नेकपाका नेताहरुसँग निकट छन् । त्यसको ज्वलन्त उदाहरणको रुपमा २०७४ सालमा भएको आम निर्वाचनमा कांग्रेसको तर्पmबाट उम्मेदवार भएका विमलेन्द्र निधिलाई हराउन महतोलाई ओलीले गरेको समर्थनबाटै पुष्टी हुन्छ । आफ्नो परम्परागत क्षेत्र धनुषाबाट चुनाव लड्दै आएका निधिलाई ठेगान लगाउन ओलीले सोही क्षेत्रमा राजेन्द्र महतोलाई उम्मेदवार बनाएर अप्रत्यक्षरुपमा सहयोग गरेका थिए ।
ओली नेतृत्वको सरकारलाई पहिले समर्थन दिएको महतो नेतृत्वको राजपाले गत वर्ष फागुनमा आफ्ना सांसद रेशम चौधरीलाई अदालतले टिकापुर हत्याकाण्डको विषयलाई लिएर जेल सजाय तोकेपछि भावनात्मक सौदाबादी गर्न महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
तर सत्ताबाट अर्को मधेशकेन्द्रीत दल समाजवादीको सम्वन्ध टुटेपछि महतो फेरि शक्तिशाली मात्र होइन, संसदीय दलमा समेत आफ्नो बहुमत पुर्याउन राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्ना पुराना कार्यकर्ता तथा पूर्व सद्भावनाका नेता मृगेन्द्रकुमार सिंहलाई र पूर्वरामसपाका नेता शेखर सिंहलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गराएका छन् ।
यो निर्णयसँगै दुवै नेता सांसद हुने लगभग पक्का पक्की छ । सिंह अध्यक्ष मण्डलका अर्का सदस्य शरतसिंह भण्डारी निकटका नेता भएकाले उनलाई खुसी बनाएर आफ्ना प्रतिष्पर्धी महन्थ ठाकुरलाई पेल्ने रणनीतिमा महतो लागेका छन् । ओली नेतृत्वको सरकारमा जान महतोले राजपा भित्र रणनीति बनाउन थालेका छन् ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...