काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ ९ गने हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि १८ मध्ये १६ पदमा उम्मेदवार चयन गर्ने भएको छ । कांग्रेसले प्रदेश नं २ मा अन्य र दलित कोटाका एक, एक पदमा समाजवादी नेपाल पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । प्रदेश नं २ मा समाजवादीले भने कांग्रेसका महिला र अल्पसंख्यक, अपाङ्गता कोटाका दुई उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।
राष्ट्रिय सभामा एक तिहाई सदस्य अर्थात १९ जना सांसदको पदावधि यही फागुनदेखि सकिने भएपछि निर्वाचन आयोगले आगामी ९ माघमा निर्वाचनको मिति निर्धारण गरेको छ । एक जना सदस्यको पूर्ती भने राष्ट्रपतिले सरकारको सिफारिसममा मनोनीत गर्नु पर्ने हुन्छ । कांग्रेसले उम्मेदवार चयन गर्ने पुस १७ गते वसेको केन्द्रीय कार्यसमितिको बैठकबाट गरेको थियो ।
जसअनुसार कांग्रेसले प्रदेश नं. १ मा दलित, महिला र अन्य कोटामा क्रमश पाँचथरका निरबहादुर विश्वकर्मा, सुनसरीकी मिना पुलामी मगर र झापाका राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश नं २ महिलाकोटामा महोत्तरीकी नगिना यादव र अल्पसंख्यक÷अपाङ्गता कोटामा धनुषाका भोला पन्जियारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रदेश नं ३ मा अन्य र महिला कोटामा क्रमश सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ र चितवनकी छलीकुमारी शर्मा उपाध्यायलाई कांग्रेसले उम्मेदवार बनाएको छ । गण्डकी प्रदेशबाट अन्यबाट स्याङ्जाका सूर्यप्रसाद रेग्मी र महिला कोटाबाट म्याग्दीकी विमला गौचनलाई उम्मेदवार बनाएको छ ।
प्रदेश पाँचबाट कांग्रेसले भारतस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष तथा पार्टीको केन्द्रीय कार्यसमितिका आमन्त्रित केन्द्रीय सदस्य अर्घाखाँचीका बालकृष्ण पाण्डे, दाङकी गिरिजा न्यौपाने र वाँकेका मेराज हलवाईलाई उम्मेदवार बनाएको हो । पाण्डे अन्य, न्यौपाने महिला र हलवाई अल्पसंख्यक÷अपाङ्गता कोटाबाट उम्मेदवार बनेका हुन् ।
त्यस्तै, कर्णाली प्रदेशको अन्य र महिला कोटा दुई खाली पदमा कांग्रेसले सुर्खेतका डिल्लीराम पाठक र सावित्री पौडेललाई उम्मेदवार बनाएको छ । सूदुरपश्चिम प्रदेशबाट कांग्रेसले अन्य कोटामा बैतडीका प्रताप ठगुन्ना र महिला कोटाबाट कैलालीकी तुलसी देवकोटालाई उम्मेदवार चयन गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...