अर्थमन्त्री चढेको गाडी दुर्घटना, अवस्था सामान्य – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

अर्थमन्त्री चढेको गाडी दुर्घटना, अवस्था सामान्य

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । शितलपुरमा गाडी दुर्घटनामा परेको हो ।

तुलसीपुर उपमहानगरपालिकामा भएको कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेको स्वकीय सचिव शम्भु गौतमले बताए ।

गाडी सडकबाट हुत्तिएर झाडीमा पुगेको स्वकीय सचिव गौतमको भनाइ छ । लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

दुर्घटना हुँदा मन्त्रीलाई सामान्य चोटपटक लागेको गौमतले बताए । उक्त गाडीमा मन्त्री, स्वकीय सचिव, पिएसओ, भान्से र चालक गरी ५ जना सवार थिए ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० आश्विन २२, २०: ५८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० आश्विन २२, २०: ५८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० आश्विन २२, २०: ५८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...