ललितपुर । सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीले एक अर्ब हिनामिना गरेको पीडितहरुले आरोप लगाएका छन् । मनग्य ब्याज दिने भनेपछि कमाएको सबै रकम लगेर जम्मा गरेका सेवाग्रीहरु अहिले रुदै महाराजगन्जस्थित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गुहारी रहेका छन् ।
ठगिएको उजुरी हाल्न नेपाल प्रहरीका पूर्वएसपी राजेन्द्र थापासमेत सिआइबी पुगेका छन् । अवकाशपछि प्राप्त भएको सबै रकम उनले पनि सोही सहकारीमा जम्मा गरेका थिए । केही वर्ष सहकारीले कबुल गरेबमोजिम ब्याज नदिएपछि उनले संका त गरे तर के गर्नु ठगिनै प¥यो । नातेदारलाई समेत रकम उक्त सहकारीमा राख्न लगाए उनले यस्तो होला भन्ने कल्पना समेत नगरेको बताए ।
सहकारीको बदमासी एक पछि अर्को गरी चुलिदै गयो । निक्षेपकर्ताको ब्याज त के साँवासमेत नदिने अवस्थामा सहकारी पुग्यो । महाराजगन्जस्थित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो कार्यालयमा उजुरी दिनेको चाँङ छ । उनी मात्रै होइनन्, यसरी निवेदन दिनेमा ललितपुर मनपा–८ का मीनबहादुर थापा, प्युठान जिम्रुक गाउँपालिका–२ की सीता जिसीलगायत करिब २० हजार जति उजुरी हाल्न सिआइबी पुग्ने गरेको ब्युरो प्रमुख एआइजी किरण बज्राचार्यले बताए ।
सहकारीमा २० हजारबढी निक्षेपकर्ताको खाता रहेको बुझिएको छ । उनीहरूले एक अर्बबढी रुपैयाँ जम्मा गरेको खुल्न आएको छ । सबै रकम हिनामिना भएको सिआइबीको भनाइ छ । देउराली बहुउद्देश्यीय सहकारीका पीडितहरु अझै जाहेरी दिन आउने क्रम जारी रहेको सिआइबीको भनाइ छ । ठगीका मुख्य नाइके काभ्रे चौरी–देउराली गाउँपालिका–६ का ३८ वर्षीय रवीन्द्र चौलागाईं हुन् भन्ने खुलेको छ ।
सहकारीका अध्यक्षसमेत रहेका चौलागाइकै योजनामा सहकारीले भक्तपुरको सूर्यविनायक र काठमाडौंको न्युरोडमा शाखा कार्यालय विस्तार गरी ठगेको देखिएको प्रहरीको भनाइ छ । प्रत्येक शाखा कार्यालयबाट अनेक आश्वासन बाँडेर निक्षेपकर्ताबाट रकम संकलन गरेर ठगेको देखिन्छ ।
संकलित रकम अध्यक्ष चौलागाईंले जग्गामा लगानी गरेको प्रहरीले जनाएको छ । संकलन गरेको रकमले जग्गा खरिद गर्ने सोही जग्गा बैंकमा राखेर लोन लिने अनि लोनबापतको रकम कहाँ लगानी गरे भन्ने कुरा नखुलेको प्रहरी बताउँछ । चौलागाईंको नाममा के कति सम्पत्ति रहेको छ ? कहाँ कहाँ लगानी गरेको छ भन्ने कुरा अनुसन्धान गरिरहेको सिआइबीले जनाएको छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...