सबै सेवा बन्द गर्न आदेश दिदै हमास विरुद्ध खनिए इजरायली प्रधानमन्त्री – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

सबै सेवा बन्द गर्न आदेश दिदै हमास विरुद्ध खनिए इजरायली प्रधानमन्त्री

एजेन्सी । हमासविरुद्ध सशक्त कार्बाही सुरु भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । निरन्तर हवाइ हमला जारी राखे बन्दीहरुको हत्या गर्ने हमास लडाकुको धम्कीपछि इजरायली प्रधानमन्त्री आक्रोषित भएर विशेष सैन्य कारबाही थाल्न आदेश दिएका छन् ।

बन्दी मुक्त गर्न सबै सुरक्षात्मक उपाय लगाउने प्रधानमन्त्री नेतान्याहूले बताए । हमास लडाकु समूहको आक्रमणमा परी इजरायलतर्फ ९ सय जनाको मृत्यु भएको छ । हमासको आक्रमणमा परी इजरायलमा ११ जना अमेरिकी नागरिकको पनि मृत्यु भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

करिव ७ सय प्यालेस्टिनीको मृत्यु भएको छ । दश जना नेपालीको पनि मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लडाकुहरुले एकसय भन्दा बढीलाई बन्धक बनाएको दावी गरेका छन् ।

इजरायलले गाजा क्षेत्रलाई सम्पूर्णरुपमा नियन्त्रमा लिन सेनालाई निर्देशन दिएको छ । हमासले सुरु गरेको आक्रमणको प्रतिकारमा लगातार रकेट हमला गरिरहेको इजरायलले गाजा क्षेत्रमा खानेकुरा, पानी, इन्धन, विदयुत लगायत सबै सेवा बन्द गरेको छ ।

सम्बन्धित समाचार

आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
  • २०८० आश्विन २३, ०७: ४१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८० आश्विन २३, ०७: ४१

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८० आश्विन २३, ०७: ४१

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...