काठमाडौं । हमास समूहको आक्रमणमा पनि इजरायलमा १० नेपालीको निधन भएको हुदा सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँने घोषणा गरेको छ । हिजोको मन्त्रीपरिषद् बैठकले आक्रमणमा ज्यान गुमाएका नेपालीको सम्झनामा राष्ट्रिय शोकको घोषणा गरेको थियो । राष्ट्रिय शोक अन्तर्गत आज देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्देशन दिएको छ ।
इजरायल र हमासबिचको द्वन्द्वमा १० जना नेपालीको निधन भएको, चार जना घाइते अवस्थामा रहेको, दुई जना सुरक्षित रहेको र बाँकी एक जनाको अवस्था अज्ञात रहेको समाचार छ । ती एक जनालाई हमासले अपहरण गरेको सम्भावना छ । इजरायलस्थित नेपाली दूतावासबाट प्राप्त जानकारी, परराष्ट्रमन्त्री एनपी साउदद्वारा संसदमा व्यक्त भनाइ, इजरायलका एनआरएन पूर्वअध्यक्ष दीपक ओलीबाट प्राप्त जानकारी अनुसार इजरायलमा हाल ४५ सय नेपाली केयरगिभरका रूपमा कार्यरत छन् ।
इजरायल अध्ययन गरिरहेका २ सय ६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरू नै आक्रमणमा परेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । इजरायली सरकारले आइतबार औपचारिक रूपमै युद्धको घोषणा गरेको छ ।
हमासको यो आक्रमणलाई ९ र ११ आतंकी आक्रमणसँग तुलना गरिएको छ र प्रधानमन्त्री नेतन्याहुले हमास आतंककारीको समूल नष्ट गर्ने बताएका छन् । हमासका विरुद्ध गाजा क्षेत्रमा इजरायलले कडा प्रत्याक्रमण पनि सुरु गरेको छ । शनिबार साँझै गाजा क्षेत्रमा अवस्थित प्रसिद्ध प्यालेस्टाइन टावर हवाई आक्रमणबाट गिराइयो । प्रत्याक्रमणमा ४ सयको हाराहारीमा प्यालेस्टाइनी मारिएका छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...