काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लेइलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणको पुनः प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
आइतबार रायसहित सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सो प्रतिवेदनको फाइल सरकारी वकिलको कार्यालयले बयान नपुगेको भन्दै फिर्ता गरिदिएको थियो ।
अन्य बयान सकेर सरकारी वकिलको कार्यालयमा मंगलबार पुनः फाइल बुझाइएको छ । सीआईबीबाट फाइल प्राप्त भएसँगै बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरिएको सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणी नेउपानेले नयाँ विकल्पलाई बताए ।
फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते ९ किलो सुन काठमाडौँ भित्र्याइएको थियो । उक्त प्रकरणमा सीआईबीले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।
संगठित अपराध र भन्सार अवैध चोरी पैठारीको कसुरमा मुद्दा चलाउन दवाव परेको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...