
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको प्रतिनिधि सभालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दलगत स्वार्थका कारण अनिर्णयको बन्दी बनाइएको रिक्त सभामुखमा कोही उम्मेदवार नभेटे कांग्रेसले विकल्प तयार रहेको बताएको छ ।
प्रतिनिधिसभाको पुस २७ गते बोलाइएको बैठक पनि स्थगित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले माघ १ गते बिराटनगर पुगेर यस्तो विकल्प अघि सारेका हुन् ।
संसदको पाचौं अधिवेशन आव्हान भएर पनि बैठक चालु हुन नसक्नु दुखद घटना भएको भन्दै कांग्रेसले यसअघि नै सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारले प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोजेको भन्दै आपत्ति जनाएको थियो ।
संसदलाई अनिर्णयको बन्दी नेकपाले बनाएको भन्दै कांग्रेस सभापति देउवाले नेकपाले सभामुखको उम्मेदवार कोही नपाएको भए नेपाली कांग्रेस उम्मेदवार उठाउन तयार रहेको बताएका हुन् । संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्व भए पनि तीन महिनादेखि रिक्त सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाएपछि देउवाले सभामुखको उम्मेदवार अघि सार्न कांग्रेस तयार भएको बताएका हुन् ।
प्रतिनिधि सभाको तीन सय ३० सदस्य सांसद मध्ये बहुमत सांसदहरु नेकपाको पक्षमा छ । नेकपाको समर्थन र प्रस्तावविना कुनै पनि सदस्य सभामुख हुने सम्भावना प्रतिनिधिसभामा छैन । प्रतिनिधि सभाकी उपसभामुख डा. शीवमायाँ तुम्वाहाम्फेले आफूलाई सभामुख बनाउने निर्णय नगरेमा उपसभामुखबाट राजिनामा नदिने अडान लिएपछि नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न सकेका छैन् ।
सभामुख र उपसभामुख एउटै दलबाट हुन नपाइने संवैधानिक प्रावधानका कारण उपसभामुख तुम्वाहाम्फेले राजिनामा नदिएसम्म सभामुखको निर्वाचन गर्ने बाटो खुलेको छैन् ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...